+
+

अब सवारी लाइसेन्सको राजस्व अनलाइनबाटै तिर्न मिल्ने

अनलाइनखबर अनलाइनखबर
२०८० असार २० गते १७:४७

२० असार, काठमाडौं । सरकारले सवारी चालक अनुमतिपत्र (लाइसेन्स)को राजस्व अनलाइनबाटै तिर्न मिल्ने व्यवस्था गरेको छ । परीक्षणका रुपमा गण्डकी प्रदेशबाट सेवाको सुरुवात भएको छ । यसलाई केही हप्तापछि नै देशभरकै यातायात व्यवस्था कार्यालयहरुका सेवाग्राहीका लागि विस्तार गरिने भएको छ ।

बुधबार भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा यातायातमन्त्री प्रकाश ज्वालाले अनलाइनबाटै लाइसेन्सको राजस्व तिर्न मिल्ने प्रणालीको शुभारम्भ गरे । यातायात व्यवस्था कार्यालयहरुमा लाग्ने लामो लाइट हटाउन र घरमै बसेर राजस्व तिर्न मिल्ने अवस्था बनाउन सेवा थालिएको बताए । यातायातबाट विचौलियालाई हटाउन पनि यो सेवाले सहयोग पुग्ने उनको दाबी छ ।

अब लिखित र ट्रायल परीक्षामा पास भएकाहरुले अनलाइनबाटै राजस्व भुक्तानी गर्न सक्छन् । कनेक्ट आईपीएससहित इसेवा, खल्ती लगायतका वालेटमार्फत लाइसेन्सको राजस्व भुक्तानी गर्न सकिने छ ।

विभागका महानिर्देशक नारायणप्रसाद भट्टराईले सेवा लिन लाइन बस्नैपर्ने अवस्था हटाउन अनलाइन सेवा थालिएको बताउँछन् । गण्डकीमा परीक्षण सफल भएपछि देशभर नै यो सेवाको सुरुवात हुने उनले बताए । यो व्यवस्था पनि लिखित परीक्षा, बायोमेट्रिक र ट्रायलका लागि मात्रै भौतिक रुपमा उपस्थित हुँदा पुग्ने उनको मत छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?