+
+

राजमार्ग सुधारका लागि सरकारले एडीबीबाट थप ४० अर्ब ऋण लिने

अनलाइनखबर अनलाइनखबर
२०८० असार २१ गते १७:४७

२१ असार, काठमाडौं । एशियाली विकास बैंक (एडीबी) बाट नेपाल सरकारले झण्डै ४० अर्ब रुपैयाँ (३० करोड अमेरिकी डलर) सहुलियतपूर्ण ऋण लिने भएको छ । १९ असारमा बसेको मन्त्रिपरिषद् बैठकले यस्तो निर्णय गरेको हो । सूचना तथा सञ्चार प्रविधि मन्त्री रेखा शर्माले सार्वजनिक गरेको निर्णयमा यसबारे उल्लेख छ ।

यसअघि पनि एडीबीले राजमार्ग सुधारका लागि यस्तो ऋण सहायता दिंदै आएको छ ।

शर्माका अनुसार सासेक राजमार्ग सुधार आयोजना सञ्चालन गर्न एशियाली विकास बैंकबाट परियोजना सहायताका रुपमा ३ सय मिलियन अमेरिकी डलर सहुलियतपूर्ण ऋण सहायता स्वीकार गर्ने निर्णय गरेको हो ।

दक्षिण एसिया उपक्षेत्रीय आर्थिक सहयोग (सासेक)आयोजना अन्तर्गत नारायणघाट–बुटवल सडक खण्डमा बिस्तारको काम भइरहेको छ ।

सरकारले एमसीए नेपालले निर्माण गर्ने विद्युत प्रसारण लाइन तथा सवस्टेशनका लागि सिन्धुपाल्चोक, पाल्पा र नवलपरासी (बर्दघाट सुस्ता पूर्व) जिल्लामा जग्गा प्राप्त गर्न स्वीकृति दिने निर्णय समेत गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?