+

एसियाली एथ्लेटिक्समा ७ नेपाली खेलाडी सहभागी हुने

२०८० असार  २३ गते १८:३३ २०८० असार २३ गते १८:३३
एसियाली एथ्लेटिक्समा ७ नेपाली खेलाडी सहभागी हुने

२३ असार, काठमाडौं । थाइल्यान्डको पटायामा हुने २५ औं एसियाली एथलेटिक्स च्याम्पियनसिपमा नेपालबाट ७ खेलाडी सहभागी हुने भएका छन् । जसमा ५ पुरुष र २ महिला रहेका छन् ।

जुलाइ १० देखि १७ तारिखसम्म हुने प्रतियोगिताको दीपक अधिकारीले १० हजार मिटर दौड, मुकेश पालले १५०० र ५ हजार मिटर दौड, सोमबहादुर कुमालले ४ सय र ८ सय मिटर दौड तथा शिवराज पार्की र आयुश कुँवरले १०० र २०० मिटर दौडमा प्रतिस्पर्धा गर्ने छन् ।

महिलामा राजपुरा पछाईंले ५ हजार मिटर दौड तथा फुलमती रानाले ८ सय र १५०० मिटर दौडमा भाग लिने छन् । मुकेश, शिव र आयुशबाहेक सबै खेलाडी चीनको हाङझाउमा हुने १९ औं एसियाली खेलकुदका लागि छनोट भएका खेलाडी हुन् ।

प्रशिक्षकमा एथलेटिक्सका मुख्य प्रशिक्षक चन्द्रबहादुर गुरुङ तथा अफिसियलमा जितेन्द्र चौधरी रहेका छन् । टोलीलाई सफलताको शुभकामना दिँदै राष्ट्रिय खेलकुद परिषद्का उपाध्यक्ष शिव कोइराला र सदस्य–सचिव टंकलाल घिसिङले शनिबार एक कार्यक्रमबीच बिदाइ गरे । टोली आइतबार थाइल्यान्ड प्रस्थान गर्दै छ ।

एथ्लेटिक्स खेलकुद
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय