+
+

एमालेले प्रधानमन्त्रीसँग स्पष्टीकरण माग्न सक्थ्यो, राजीनामा मागेर गल्ती गर्‍यो : राजेन्द्र पाण्डे

अनलाइनखबर अनलाइनखबर
२०८० असार २३ गते १९:०४

२३ असार, काठमाडौ. । सत्ता साझेदार नेकपा (एकीकृत समाजवादी) का उपाध्यक्ष राजेन्द्रप्रसाद पाण्डेले एमालेले प्रधानमन्त्रीको राजीनामा मागेर गलत गरेको बताएका छन् । प्रधानमन्त्रीलाई संसदमा स्पष्टीकरणको मौकासमेत नदिई एमालेले राजीनामा माग गर्नु गलत भएको बताएका हुन् ।

शनिबार समाजवादी मोर्चाको बैठकपछि सञ्चारकर्मीहरुले सोधेको प्रश्नको जवाफमा उनले भने, ‘संसदमा उहाँहरुले कुरा उठाउन सक्नुहुन्थ्यो । के बोलेको हो तपाईले भनेर प्रधानमन्त्रीसँग क्लियरिफिकेसन माग्न सकिन्थ्यो । तर उहाँहरुले पहिल्यै राजीनामा माग्नुभयो । मलाई लाग्छ–एमाले पार्टी फस्यो, संसदीय मोर्चामा । यो गलत काम हो ।’

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले एक सार्वजनिक कार्यक्रममा आफूलाई प्रधानमन्त्री बनाउन भारतीय नागरिक प्रितम सिंह दिल्ली गएको भन्ने भभिव्यक्ति दिएपछि एमालेले प्रधानमन्त्रीको राजीनामा माग गर्दै आएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?