+
+

संसदमा आज पनि विरोध जारी राख्छौं : प्रमुख सचेतक गिरी

अनलाइनखबर अनलाइनखबर
२०८० असार २४ गते १०:०३
संसद अवरुद्ध गर्दै एमाले सांसद । तस्वीर : अनलाइनखबर फाइल ।

२४ असार, काठमाडौं । नेकपा एमालेले आजको संसद बैठक पनि अवरुद्ध गर्ने जनाएको छ । प्रतिनिधि सभाको बैठक आज दिउँसो १ बजे र राष्ट्रिय सभाको बैठक ११ बजे बोलाइएको छ ।

नेकपा एमालेका प्रमुख सचेतक पदम गिरीले आजको संसद बैठकमा पनि विरोध जारी राख्ने बताए । उनले अनलाइनखबरसँग भने, ‘प्रधानमन्त्रीले राजीनामा दिनुपर्छ भन्ने हाम्रो अडान कायमै छ, त्यसैले आज पनि हाम्रो विरोध जारी रहन्छ ।

सरदार पि्रतम सिंहको बारेमा उनकी छोरी दीप सन्धुले लेखेको ‘रोड्स टु द भ्याली’ पुस्तकको यही असार १८ गते काठमाडौंमा आयोजित विमोचन कार्यक्रममा प्रधानमन्त्री प्रचण्डले विवादास्पद अभिव्यक्ति दिएका थिए ।

प्रितम सिंहको प्रशंसा गर्ने क्रममा प्रधानमन्त्री प्रचण्डले आफूलाई एकपटक प्रधानमन्त्री बनाउन पि्रतम सिंह पटक-पटक दिल्ली गएको बताएका थिए ।

त्यसयता एमालेले संघीय संसदका दुवै सदनमा अवरोध गर्दै आएको छ । एमालेको अवरोध कायम रहने भएपछि गत शुक्रबार तय भएको प्रतिनिधि सभा बैठक बस्दै नबसी आजसम्मका लागि स्थगित भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?