+
+

दोहोरो अंकले बढ्यो सेयर बजार, होटल-पर्यटन र डिबेञ्चरमा लगानीकर्ता आकर्षित

अनलाइनखबर अनलाइनखबर
२०८० असार २४ गते १५:२७

२४ असार, काठमाडौं । साताको पहिलो कारोबार दिन आइतबार सेयर बजारमा दोहोरो अंकको वृद्धि भएको छ । आइतबार २८.३८ अंकले बढेको बजार २०७७.७६ विन्दुमा पुगेको छ । यो १.३८ प्रतिशतको वृद्धि हो ।

आइतबार होटल तथा पर्यटनमा लगानीकर्ता बढी आकर्षित भएको देखिएको छ । यो उपसूचकको वृद्धि ४.६३ प्रतिशत देखिएको छ । त्यस्तै, व्यापार उपसमूह पनि उच्च अंकले बढेको छ । यो उपसूचकका कम्पनीहरुको सेयर ४.०१ प्रतिशतले वृद्धि भएको हो ।

आइतबार २८५ धितोपत्रको ६४ हजार ४४९ कारोबारबाट ६९ लाख ७५ हजार ८९४ कित्ता सेयर किनबेच भएको छ । आइतबार २ अर्ब ५६ करोड २६ लाख ९५ हजार रुपैयाँको कारोबार भएको छ ।

आइतबार रावा इनर्जी विकास लिमिटेडको ९.९८ र सिटी होटलको मूल्य ९.५१ प्रतिशतले वृद्धि भएको छ । यसबाहेक ‘१० प्रतिशत प्रभु बैंक डिबेञ्चर ८४’, सनराइन डिबेञ्चर ८३ सहितका धितोपत्रको मूल्य धेरैले बढेको छ । मनकामना स्मार्ट लघुवित्त तथा माउन्टेन इनर्जीका लगानीकार्ताले उच्च मात्रामा कमाएका छन् ।

आइतबार माथिल्लो तामाकोशीका लगानीकर्ताले आइतबार सबैभन्दा धेरै गुमाए । यो धितोपत्रको मूल्य ६.६५ प्रतिशतले घटेको छ । बीपीडब्यू लघुवित्त, लिबट्री इनर्जी, जोशी हाइड्रोपावरसहितका धितोपत्रका लगानीकर्ताले धेरै गुमाएका छन् ।

हिमालयन लाइफ इन्स्यारेन्स, शिवम् सिमेन्ट, सोल्टी होटल, अरुण काबेली पावर, अपर तामाकोशीसहितका धितोपत्रको बढी कारोबार भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?