+
+

परराष्ट्रमन्त्री भन्छन् : गोर्खा भर्तीबारे उपयुक्त समयमा निर्णय लिन्छौं

अनलाइनखबर अनलाइनखबर
२०८० असार २५ गते १३:५५

२५ असार, काठमाडौं । परराष्ट्रमन्त्री एनपी साउदले गोर्खा भर्तीबारे उपयुक्त समयमा निर्णय लिने बताएका छन् । यस विषयमा सर्वसहमति आवश्यक हुने उनको भनाइ छ ।

संसदको अन्तर्राष्ट्रिय सम्बन्ध समितिको सोमबारको बैठकमा बोल्दै मन्त्री साउदले भने, ‘यस्तो विषयमा सर्वपक्षीय सर्वसहमति आवस्यक हुन्छ । यस आधारमा उपयुक्त समयमा उपयुक्त निर्णय लिन्छौं ।’

भारतीय कानुनमा परिवर्तन भएपछि गोर्खा भर्ती रोकिएको उनले बताए । त्यसपछि भर्ती खुलाउन औपचारिक कूटनीतिक पहल नभएको जानकारी पनि उनले गराए ।

भारतको ‘अग्निपथ’ योजना अनुसारको गोर्खा भर्तीमा नेपालले असहमति जनाएपछि गत अगस्ट महिनाको अन्त्यमा भर्ना छनोटको काम अनिश्चितकालका लागि स्थगित गरिएको थियो ।

भर्ना लिइएका युवामध्ये निश्चित प्रतिशतलाई मात्र चार वर्षपछि भारतीय सेनामा स्थायी पदस्थापन गरिने र अरूलाई निश्चित रकम दिएर घर फिर्ता पठाइने नीति भारत सरकारले अवलम्बन गर्ने निर्णय गरेपछि तत्कालीन शेरबहादुर देउवा नेतृत्वको सरकारले अग्निपथ योजना अनुसारको गोर्खा भर्ती स्थगित गरेको थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?