+
+

सुदूरपश्चिम प्रदेशसभाबाट मन्त्री सिंहको निधनमा शोक प्रस्ताव पारित

अनलाइनखबर अनलाइनखबर
२०८० असार २५ गते १७:००

२५ असार, धनगढी । सुदूरपश्चिम प्रदेशसभाबाट गाडी दुर्घटनामा ज्यान गुमाएका आन्तरिक मामिला तथा कानुन मन्त्री पृथ्वीबहादुर सिंहको निधनमा शोक प्रस्ताव पारित गरिएको छ ।

सोमबार दिउँसो बसेको प्रदेशसभा बैठकबाट मन्त्री सिंहको निधनमा शोक प्रस्ताव पारित गरिएको हो । शोक प्रस्ताव पारित भएसँगै प्रदेशसभाको बैठक स्थगीत भएको छ । सभामुख भीमबहादुर भण्डारीले अर्को सूचना जारी नभएसम्मका लागि बैठक स्थगीत भएको जानकारी दिएका छन् ।

प्रदेशका आर्थिक मामिला मन्त्री नरेशबहादुर शाहीले असार १ गते अगामी आर्थिक वर्षको बजेट प्रस्तुत गरेपछि सोमबार पहिलो पटक प्रदेशसभाको बैठक बसेको हो ।

सत्तारुढ दलकै प्रदेशसभा सदस्यहरुले बजेटप्रती असन्तुष्टि जनाएपछि प्रदेशसभाको बैठक बस्ने सकेको थिएन तर सभामुख भण्डारीले पहलकदमी लिएर संसद चलाउने वातावरण बनाएका हुन् ।

अब बस्ने बैठकमा बजेटमाथिको छलफल अघि बढ्ने प्रदेश सरकारले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?