+
+

वीरगञ्जमा बन्ने चिडियाखानाको चारकिल्ला तोकियो, ५० हेक्टर वन ओगट्ने

अनलाइनखबर अनलाइनखबर
२०८० असार २७ गते १४:१३
फाइल तस्वीर

२७ असार, काठमाडौं । वीरगञ्जमा बन्ने चिडियाखानाको चार किल्ला तोकिएको छ । वन तथा वातावरण मन्त्रालयले राजपत्रमा सूचना प्रकाशित गर्दै चारकिल्ला तोकेको हो ।

मन्त्रालयका अनुसार वीरगञ्ज महानगरपालिका–३२ स्थित सबैया साझेदारी वनको ५० हेक्टर जमिनमा प्राकृतिक चिडियाखाना बन्ने छ ।

मन्त्रालयका अनुसार पूर्वमा रामवन बस्ती, पश्चिममा सोलखपुर जाने बाटो, उत्तरमा १० बिगाहा फेन्सदेखि भेडाहा खोला जाने बाटो र दक्षिणमा टिकघारे क्षेत्र भित्रको सामुदायिक वनलाई प्राकृतिक चिडियाखाना बनाइने भएको छ ।

सरकारले २७ भदौ २०७९ मै सामुदायिक वन स्थापना गर्ने निर्णय गरेको थियो । सोही अनुसार चार किल्ला तोकिएको मन्त्रालयले जनाएको छ ।

चिडियाखानाका लागि अर्थमन्त्रालयले १० करोड रुपैयाँका लागि सहमति पनि दिइसकेको वन मन्त्रालयले जनाएको छ । जसबाट चिडियाखानाको क्षेत्रमा तारबार गर्न, गुरुयोजना बनाउने लगायत काममा खर्चिने छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?