+
+

रोल्पाको रुन्टीगढी गाउँपालिका-४ का वडाध्यक्षको मृत्यु

अनलाइनखबर अनलाइनखबर
२०८० असार २७ गते १६:१०

२७ असार, दाङ । रोल्पाको रुन्टिगढी गाउँपालिका–४ का वडाध्यक्ष टंकबहादुर पुनको मुत्यु भएको छ ।

मंगलवार एक्कासी विरामी भएका वडाध्यक्ष पुनको उपचारको क्रममा राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा आज बुधवार मुत्यु भएको हो ।

स्क्रब टाइफसका कारण बिरामी भएको र उपचार क्रममा मृत्यु भएको अस्पतालले जानकारी दिएको गाउँपालिका अध्यक्ष जनक पुनले बताए ।

मंसिर २५ गते सामान्य ज्वरो आएपछि वडाध्यक्ष पुन उपचारका लागि दाङको स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पुगेका थिए । त्यसपछि सामान्य उपचारपछि फर्किएका पुनको स्वास्थ्य अवस्था गम्भीर बन्दै गएपछि मंसिर २६ गते पुनः प्रतिष्ठानमा भर्ना भएका थिए । सोक्रममा आज बिहान भेन्टीलेटरमा उपचारकाक्रममा उनको मृत्यु भएको प्रतिष्ठानले जनाएको छ ।

यता, पुनको परिवारले उपचार लापरवाही भएको भन्दै शव बुझ्न मानेको छैन । अहिले प्रष्तिठान र मृतक पुनका परिवारबीच छलफल चलिरहेको छ । पुन गत स्थानीय निर्वाचनमा नेपाली काँग्रेसबाट वडाध्यक्षमा निर्वाचित भएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?