+
+

‘ऊनको स्वीटर’को शीर्ष भूमिकामा विपिन र मिरुना

अनलाइनखबर अनलाइनखबर
२०८० असार २८ गते १४:०२

काठमाडौं । आर्टमाण्डुले निर्माण गर्न लागेको फिल्म ‘ऊनको स्वीटर’को शीर्ष भूमिकामा विपिन कार्की र मिरुना मगरले अभिनय गर्ने भएका छन् । निर्देशक नवीन चौहानले नायिकाको भूमिकामा मिरुनालाई अनुबन्धित गरिएको जानकारी दिए । विपिन यसअघि नै अनुबन्धित भइसकेका छन् ।

आगामी आइतबार आयोजना हुने घोषणा समारोहमा फिल्मका अन्य कास्ट एण्ड क्रिउबारे जानकारी दिइने निर्देशक चौहानले बताए । ‘लालपूर्जा’पछि विपिन र मिरुनाबीच दोस्रोपटक सहकार्य हुन लागेको हो । सामाजिक र प्रेमकथामा आधारित हुने फिल्मका अधिकांश कलाकारलाई केही समयअघि मञ्चन भएको नाटक ‘चोरको स्वर’बाट लिइने भएको छ ।

दर्जनभन्दा बढी म्युजिक भिडियो निर्देशन गरेका चौहानले ‘ऊनको स्वीटर’बाट कथानक फिल्म निर्देशनमा डेब्यु गर्दैछन् । आगामी मंसिरदेखि पाँचथर र इलाममा छायांकन हुने फिल्ममा अनिल सुब्बा, सुरज तमु, लक्ष्मी योङहाङ लगायतका कलाकार पनि जोडिनेछन् । यो फिल्मलाई चिन्तराज भण्डारीले छायांकन गर्दैछन् । चिन्तनले छोटो फिल्म ‘दाद्या’ छायांकनसँगै चर्चा बटुलेका थिए ।

यो फिल्मले समाजमा मिलेर बस्नुपर्छ भन्ने सन्देश दिएको अभिनेता कार्कीले बताए । विपिन यतिबेला घरमा स्वास्थ्यलाभ गरिरहेका छन् । सम्भवतः महाजात्रा र चलचित्रमध्ये कुनै फिल्मको छायांकनपछि उनी यो फिल्ममा व्यस्त हुने जनाइएको छ । मिरुनालाई भने फिल्ममा भ्याइनभ्याइ छ । ‘कबड्डी ४’ र ‘जारी’ हिट भएपछि मिरुनाले लगातार फिल्म गरिरहेकी छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?