+
+

यी ९ उपहार, जुन नवजात शिशुका लागि उपयोगी हुन सक्छन्

अनलाइनखबर अनलाइनखबर
२०८० असार २९ गते १६:३१

काठमाडौं । सुत्केरी तथा नवजात शिशुलाई हेर्न-भेट्न जाँदा के गर्ने ? अलमल हुन्छ । खानेकुरा वा खेल्नेकुरा ? लुगाफाटो वा अरु केही ?

खासगरी नवजात शिशुलाई हेर्न जाँदा के उपहार लगिदिने भन्ने कुराको टुंगो गर्न गाह्रो हुन्छ । यद्यपि बजारमा त्यस्ता थुप्रै उत्पादन पाइन्छन्, जो नवजात शिशुका लागि उपयोगी हुन सक्छ ।

१. बेवी प्रोडक्ट प्याकेज

बच्चाको लागि जोनसोन, हिमालयन, मामाअर्थ जस्ता थुप्रै बेबी प्रोडक्ट पाइन्छन् । यस्ता उत्पादनमा नवजात शिशुका लागि जरुरी साबुनदेखि तेलसम्मको पूर्ण सामग्री नै हुन्छ । नवजात शिशुलाई हेर्न जाँदा यी सामग्री एकदमै उपयोगी हुन्छ ।

२. पुरानो लुगाकपडा

हाम्रो सामाजिक परम्पराअनुसार नवजात शिशुलाई पुरानो लत्ताकपडा लगिदिने चलन छ । आफ्नो शिशुका लागि प्रयोग गरिएका ती कपडा नरम हुन्छ, नयाँ कपडाको तुलनामा ।

उनीहरुलाई नयाँ कपडा भन्दा पनि पुराना सुतीका नरम कपडा वा लुगा एकदम स्वस्थकर फाइदाजनक मानिन्छ । किनकि नयाँ बच्चालाई नयाँ कपडाले छाला चिलाउने, घोच्ने र नयाँ लुगा वा कपडा कडा वा खस्रो हुने भएकाले नवजात शिशुलाई घाउ हुने सम्भावना हुन्छ । त्यसैले बच्चालाई पुराना कपडा लगाइदिनु राम्रो मानिन्छ ।

३. डाइपर

नवजात शिशुका लागि अति महत्वपूर्ण र उपयोगी डाइपर पनि उपहार दिन सकिन्छ । किनकि भर्खर जन्मेको बच्चाले दिसापिसाब बारम्बार गरिराख्ने भएकाले उनीहरुको लागि डाइपर लगाइदिएमा बारम्बार कपडा फेरिराख्नुपर्ने र ओछ्यान भिज्ने वा फोहोर हुने समस्या हुँदैन ।

४. बेबी ब्ल्याकेट

नवजात शिशुलाई न्यानो गरी राख्नुपर्ने भएकाले बेबी ब्ल्याकेट अर्को उपयुक्त उपहारमा पर्छ । यसले बच्चालाई न्यानो बनाउने र जहाँ पनि सजिलै बेरेर लैजान सकिन्छ । यो बजारमा बालक र बालिका दुवैका लागि भिन्नाभिन्नै आकर्षक डिजाइनमा पाइन्छ ।

५. रुमाल प्याकेट

नवजात शिशुलाई हेर्न जाँदा सुतीको कपडाको रुमालको प्याकेट पनि उपहार दिन सकिन्छ । बच्चाको सरसफाइमा विशेष ध्यान दिइरहनुपर्ने भएकाले उपहारका रुपमा रुमाल लिएर जाँदा उपयुक्त हुन्छ ।

६. दूधदानी

शिशुलाई दूधदानी पनि उपहार दिन सकिन्छ । दूध र पानी खुवाउन प्रयोग गरिने दूधदानी बजारमा विभन्न आकार र डिजाइनमा पाइन्छ ।

७. बेबी क्यारियर ब्याग

बेबी क्यारियर ब्याग शिशुका लागि अर्को उपयुक्त उपहार हो । बाहिर जाँदा यसमा राखेर लैजाँदा निकै सहज हुन्छ । बच्चा हिंड्ने नहुँदासम्म यसलाई प्रयोग गर्न सकिन्छ ।

८. हिटर

शिशुलाई न्यानो राख्न आगो बालेर सेक्ने चलन छ । अहिले सहरबजारमा दाउरा बालेर सेक्न असम्भव जस्तै हुन्छ । यसको विकल्पमा हिटर प्रयोग गर्न सकिन्छ । त्यसैले नवजात शिशुका लागि हिटर पनि उपहारको रुपमा दिन सकिन्छ । हिटर बालेर बच्चालाई तेल लगाउने, मालिस गर्ने गर्ने सकिन्छ ।

९. सुत्केरी मसला

नवजात शिशुका साथै आमाका लागि पनि उपहार लिएर जान सकिन्छ । आमालाई स्वस्थ बनाउन र दूध बढाउन मद्दत गर्ने सुत्केरी मसला आमाका लागि उपहार दिन सकिन्छ । यसले आमा र बच्चा दुवैलाई फाइदा गर्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?