+
+

तल्लो सिद्धबाबा मन्दिरमा आम्दानी हिनामिनाको आरोप

अनलाइनखबर अनलाइनखबर
२०८० असार ३० गते १५:३०

३० असार, बुटवल । बुटवलको तल्लो सिद्धबाबा मन्दिरमा हुने आम्दानीमा हिनामिना भएको आरोप लागेको छ । सेवाग्राहीले बुझाएको रकमको आधा रकम मात्रै रसिदमा उल्लेख गरेर हिनाहिना भएको आरोप लागेको हो ।

२०७९ साल असार २२ गते कुमार कार्कीले मन्दिर व्यवस्थापन समितिलाई एक हजार ५ रुपैयाँ तिरेका थिए । तर सोही रसिदको डुप्लिकेट कपीमा ५०५ रुपैयाँ बुझेको देखाएर आधा रकम ठगी गरेको भेटिएको हो ।

यस्तै तिलकुमारी खड्काले २०७९ मंसिर २६ गते र गंगा रायमाझीले २०७९ मंसिर २८ गते आफन्तको विवाह गराए वापत एक हजार ५ रुपैयाँका दरले मन्दिर व्यवस्थापन समितिलाई रकम बुझाए पनि दुबैको रसिदको डुप्लिकेट कपीमा ५०५ रुपैयाँ मात्रै बुझेको देखाइएको प्रमाण बाहिर आएको छ ।

यस सम्बन्धमा प्रतिक्रियाका लागि फोन गर्दा अध्यक्ष कृष्णप्रसाद तिमिल्सेनाले अहिले केही नबोल्ने भन्दै पत्रकार सम्मेलन गरेर सबै कुरा सार्वजनिक गर्ने बताए । गत मंसिरमा म्याद सकिएको ब्यवस्थापन समितिको निर्वाचन हुन सकेको छैन ।

मन्दिर जस्तो पवित्र धार्मिक स्थलमा सेवाग्राही र भक्तजनले दिएको रकममा यसरी ठगी हुनु लज्जास्पद भएको स्थानीय शंकर घर्तीले बताए । मन्दिरमा ठूलो रकम हिनामिना र ठगी भएको हुन सक्ने भन्दै भक्तजन र स्थानीयले छानबिन गर्न माग गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?