+
+
Shares

सुदूरपश्चिममा बजेटको पक्षमा मतदान गर्न माओवादी र एकीकृत समाजवादीको ह्वीप

अनलाइनखबर अनलाइनखबर
२०८० असार ३० गते १८:४३
माओवादीको सुदूरपश्चिम प्रदेशसभा संसदीय दलको बैठक ।

३० असार, धनगढी । सुदूरपश्चिम प्रदेश सरकारको बजेटको पक्षमा मतदान गर्न नेकपा माओवादी केन्द्र र एकीकृत समाजवादीले आफ्ना प्रदेशसभा सदस्यहरुलाई ह्वीप लगाएको छ ।

सुदूरपश्चिममा शनिबार आर्थिक वर्ष २०८०/८१ को बजेट पारित गर्ने तयारी छ । सत्तारुढ दलहरुले नै बजेटलाई समर्थन गर्न नसक्ने भनेपछि शनिबार सत्तारुढ गठबन्धनको बैठक बसेको थियो ।

बैठकले निर्वाचन क्षेत्र पूर्वाधार विकास कार्यक्रमको बजेट ३ करोडबाट ५ करोड बनाउने, प्रदेशसभा सदस्यहरुले छनोट गरेका योजना बजेटमा समावेश गर्ने लगायतका सहमति गरेको थियो ।

त्यसपछि दलहरुले बजेटको पक्षमा मतदान गर्न आफ्ना प्रदेशसभा सदस्यहरुलाई ह्वीप लगाउन थालेका हुन् । सत्तारुढ नेपाली कांग्रेस र नागरिक उन्मुक्ति पार्टीको संसदीय दलको बैठक पनि शनिबार नै बसेको छ ।

 

#ResultWithOK View All Results
पार्टीहरू
अग्रता
जित
कुल सिट
Change
समानुपातिक मत
Loading election results...

प्रत्यक्ष सिट — प्रतिनिधि सभा

कुल सिट: १६५
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?