+
+

‘केपी बा’ यूट्युब च्यानल सब्सक्राइब गर्न ओलीको आह्वान

अनलाइनखबर अनलाइनखबर
२०८० असार ३१ गते १४:०७

३१ असार, काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफ्नो यूट्युब च्यान ‘केपी बा’ सब्सक्राइब गर्न अपिल गरेका छन् ।

सामाजिक सञ्जाल फेसबुकमार्फत अध्यक्ष ओलीले यूट्युब च्यानल सब्सक्राइब गर्न अपिल गरेका हुन् ।

२०५२ सालको हेलिकोप्टर दुर्घटनाबाट ज्यान जोगिएको संक्षिप्त अनुभव उल्लेख गर्दै ओलीले यूट्युब च्यानल सब्सक्राइब गर्न अपिल गरेका हुन् । ‘मैले मेरो जीवनका थुप्रै यस्ता अनुभवहरु मेरो यूट्युब च्यानलमा सेयर गर्दै आइरहेको छु’ ओलीले लेखेका छन्, ‘आगामी दिनमा पनि म यस्तै अनुभवहरु बाँड्दै जानेछु । च्यानल सब्सक्राइब गर्नुहोस् न है ।’

चार महिनाको अवधिमा यो च्यानलमा ३० वटा भिडियो पोष्ट गर्दा पाँच हजार ६ सय जनाले सब्सक्राइब गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?