+
+

जुम्लामा नुन नपाएको भन्दै डिपोमा तोडफोड

अनलाइनखबर अनलाइनखबर
२०८० साउन १ गते १३:२१

१ साउन, जुम्ला । जुम्लामा सहजरुपमा नुन नपाएको भन्दै डिपोमा उपभोक्ताले तोडफोड गरेका छन् । नुनका लागि लाइनमा लागेका व्यक्तिहरुले डिपोमा ढुंगामुढा गरेका हुन् ।

नेपाल साल्टट्रेनिङ कार्यालय जुम्लामा प्रमुख खगेन्द्रबहादुर मल्लले नुन वितरण भइरहेको समयमा ढुंगामुढा भईरहेको बताए ।

आफू सिंजामा नुन वितरण गर्न गएको र असार ३१ गते सदरमुकामको डिपोमा अन्य कर्मचारीले नुन बाँडिरहेका समयमा तोडफोड भएको उनले बताए ।

तोडफोडमा यत्रिएकाहरुले भने सरकारले नागरिकलाई नुनसमेत राम्रोसँग दिन नसकिरहेको आरोप लगाएका छन् ।

नुन कम भएकोले यसअघि तीन प्याकेटका दरले वितरण गर्ने गरिएको थियो । तर, यसपटक ५ प्याकेटका दरले बाँड्न सुरु गरिएको थियो ।

यता, प्रमुख जिल्ला अधिकारी जयकुमार घिमिरेले पनि नुन बाँडिरहेको समयमा अपुग भएपछि केही उच्शृङ्खल व्यक्तिहरुले ढुङ्गामुडा गरेका बताए ।

उनले अब नुन वितरण वडाबाटै गर्ने गरी चाँडै काम अगाडि बढाइने बताए ।

नेपाल साल्टट्रेनिङ कर्पोरेश जुम्लाका प्रमुख मल्लले अहिले नुनको खासै अभाव नभएको बताए ।

गत वर्ष जुम्लाका लागि दुई हजार पाँच सय क्विन्टल नुन स्वीकृत भए पनि भर्खरै मात्र दुई हजार ८० क्विन्टल नुन थप भएकाले अभाव नभएको उनको भनाइ छ ।

जुम्लाको सिंजा क्षेत्रमा कार्यालय स्थापना गरी लामो समयदेखि नुन वितरण भइरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?