+
+

फ्रान्सका राष्ट्रपतिलाई किन पठाइयो काटेको औँला ?

अनलाइनखबर अनलाइनखबर
२०८० साउन १ गते १५:४२

१ साउन, काठमाडौं । फ्रान्समा गत शुक्रबार बास्टिल डे अर्थात् स्वतन्त्रता दिवस मनाइयो । त्यसअघि फ्रान्समा हिंश्रक प्रदर्शनहरु भए । यसैक्रममा फ्रान्सका राष्ट्रपतिलाई काटिएको औँला खाममा राखेर पठाइएको छ ।

समाचार अनुसार फ्रेन्च राष्ट्रपति इमानुएल म्याक्रोँलाई हुलाक मार्फत् काटिएको औँला खामबन्द गरी पठाइएको छ ।

सोमबार पेरिसस्थित राष्ट्रपति भवन एलिसी प्यालेसमा फर्स्ट क्लास हुलाक मार्फत् काटिएको औँला राखिएको खाम प्राप्त भएको थियो ।

उक्त औँलालाई सुरुमा पुलिसले खानेकुरा राख्ने फ्रिजमा राखिएको र त्यसको अनुसन्धान गरिएको बताइएको छ ।

अनुसन्धानका क्रममा उक्त औँला जिवित मानिसकै औँला भएको पत्ता लागेको छ । यसको एउटा मेडिकल रिपोर्ट पनि तयार गरिएको छ ।

उक्त पार्सलमा केवल औँलाको काटिएको टुक्रा मात्रै थियो र कुनै नोट वा चिठी थिएन । यसका कारण पनि अनुसन्धानकर्ताहरु आश्चर्यमा परे । अन्ततः अनुसन्धानकर्ताहरुले उक्त औँला को मान्छेको हो भन्ने पत्ता लगाएका छन् । सो व्यक्तिलाई काटिएको औँलाको उपचारमा पनि पूर्णरुपमा सहयोग गरिएको तर गोपनियताका कारण पहिचान भने गोप्य राखिएको बताइएको छ ।

राष्ट्रपतिलाई काटेको औँला किन पठाइएको हो भन्ने अहिलेसम्म खुलेको छैन । स्मरण रहोस् विश्वका नेताहरुलाई पार्सलमा अनौठा चिजहरु पठाउने घटना समय समयमा हुने गर्दछन् । तर यसरी काटेको औँलाको टुक्रा नै पठाएको भने यो पहिलो घटना हो ।

राष्ट्रपति इमानुएल म्याक्रोँले विभिन्न समस्याहरुको सामना गरिरहेको बेलामा उनलाई यस्तो अविश्वसनीय सामान पठाइएको हो । पछिल्लो समयमा फ्रान्समा विभिन्न हिंश्रक प्रदर्शनहरु पनि भैरहेका छन् । एक १७ वर्षीय किशोरलाई प्रहरीले हत्या गरेको विरोधमा सडक प्रदर्शन सुरु भएकोमा प्रदर्शनमा आगजनी तथा लुटपाटका घटना पनि भएका छन् । एजेन्सीको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?