+
+
WC Series
Won सुदूरपश्चिम रोएल्स 2025
169/4 (20)
VS
Sudurpaschim Royals won by 49 runs
चितवन राइनोज 2025
120/10 (17.1)
Shares

मानुषी नेतृत्वमा नेसपाको सूचना तथा सञ्चार प्रविधि विभाग गठन

अनलाइनखबर अनलाइनखबर
२०८० साउन २ गते १२:०१

२ साउन, काठमाडौं । नेपाल समाजवादी पार्टीमा सूचना तथा सञ्चार प्रविधि विभाग गठन भएको छ । मानुषी यमी भट्टराईको नेतृत्वमा विभाग गठन भएको हो ।

विभागले पार्टी संगठनका अभिलेखहरू डिजिटलाइज्ड गर्ने, पार्टीको संगठन विस्तार लगायत विभिन्न अभियानलाई प्रभावकारी बनाउन आवश्यक डिजिटल प्रविधिको प्रयोग गर्न योजना बनाउने र लागू गर्ने, पार्टीलाई रिब्राण्डिङ गर्नमा आवश्यक सहयोग गर्ने मुख्य उद्देश्य लिएको छ ।

नेसपाका अनुसार पार्टीबारे सूचना, जानकारी र पार्टीको गतिविधि वेबसाइट, सामाजिक सञ्जाल आदि मार्फत् डिजिटल्ली सम्प्रेषण गर्ने, पार्टी र जनताबीच पहुँचयोग्य, सरल दुईतर्फी सञ्चार निर्माण गर्ने, पार्टीभित्रको आन्तरिक सञ्चार सहज, व्यवस्थित र स्मार्ट बनाउने, पार्टीको रिब्राण्डिङमा सहयोग गर्ने विभागको मुख्य काम हुनेछ ।

निर्धारित उद्देश्य पूरा गर्न पालिका तहसम्म विभागमा रहेर सूचना तथा सञ्चार प्रविधिसम्बन्धी काम गर्न सक्ने सक्षम व्यक्ति पहिचान गर्ने, आधिकारिक वेबसाईट, यूट्युव च्यानल, सामाजिक सञ्जाल एकाउण्ट व्यवस्थित गर्ने, राज्यका सूचना, सञ्चार एवं प्रविधिसँग सम्बन्धित नीति/कानून निर्माण र कार्यान्वयन स्थितिको अध्ययन र अनुगमन गर्ने कार्य गर्ने नेसपाले बताएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?