
२ साउन, काठमाडौं । भारतका सत्तारुढ भारतीय जनता पार्टी बीजेपी नेतृत्वको एनडीए गठबन्धन र कांग्रेस आई नेतृत्वको विपक्षी गठबन्धन छुट्टा छुट्टै बैठकमा जुटेका छन् ।
आउँदो वर्ष हुने चुनावको रणनीति तय गर्न गठबन्धनको बैठक बसेको भारतीय सञ्चार माध्यमले जनाएका छन् ।
दिल्लीको अशोका होटलमा सुरु भएको एनडीए गठबन्धनमा ३८ दल सहभागी छन् । जहाँ भारतका प्रधानमन्त्री नरेन्द्र मोदीसहित सहभागी छन् ।
२६ दल सहभागी विपक्षी गठबन्धको दुई दिने बैठक भने भारतको बैंगलुरुमा सकिएको छ । कांग्रेस आई नेतृत्वको यो गठबन्धनमा २६ दल सहभागी छन् । उनीहरुले गठबन्धनको नाम ‘इन्डियन नेशनल डेभ्लपेमेन्टल इन्क्लुसिव अलायन्स’ छोटकरीमा ‘इण्डिया’ राखेका छन् । यो गठबन्धनको अर्को बैठक मुम्बईमा हुनेछ ।
कांग्रेस आईका अध्यक्ष मल्लिकार्जुन खड्गेले २०२४ को चुनाव इण्डिया भर्सेस एनडीए हुने बताएका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4