+
+

फेसबुकले ल्यायो नयाँ फिचर, भिडियो अपलोड र एडिट गर्न झनै सजिलो

अनलाइनखबर अनलाइनखबर
२०८० साउन ३ गते ९:२८

काठमाडौं । सोसल मिडिया प्लाटफर्म फेसबुकले प्रयोगकर्ताहरुको सुविधाका लागि आफ्नो भिडियो फिचरमा नयाँ सुविधाहरु थप गरेको छ । जस अनुसार फेसबुकमा एक नयाँ भिडियो ट्याब थपिएको छ । उक्त ट्याबको मद्दतले भिडियोलाई अपलोड गर्न तथा एडिट गर्न सहज बन्नेछ ।

साथै कम्पनीले रिफाइन्ड एडिटिङ टुल्स एचडीआरमा भिडियो अपलोड गर्ने क्षमताका साथै पुरानो वाच ट्याबको स्थानमा भिडियो ट्याब जस्ता विभिन्न सुविधाहरु पनि जोडेको छ ।

नयाँ एडिटिङ टुलको मद्दतले प्रयोगकर्ताहरुले आफ्नो भिडियोमा म्यूजिक, फिल्टर तथा अन्य इफेक्टहरु सजिलैसँग थप्न सक्नेछन् । प्रयोगकर्ताले आफ्ना भिडियोलाई ट्रिम गर्नुका साथै शीर्षक र क्याप्सन पनि राख्न सक्नेछन् । साथै प्रयोगकर्ताहरुले एचडीआरमा भिडियो अपलोड गर्न सक्नेछन् जसबाट उत्कृष्ट रङ तथा क्वालिटीयुक्त भिडियो अपलोड गर्न सकिनेछ ।

थप भएको नयाँ भिडियो ट्याबले प्रयोगकर्तालाई फेसबुकमा भिडियो खोज्न तथा हेर्नका लागि सहज बनाइदिनेछ । पुरानो वाच ट्याबलाई प्रतिस्थापन गरेको भिडियो ट्याब छिटै नै शर्टकट बारमा देखिनेछ ।

मेटाले यसलाई फेसबुकमा रिल्स, लामो भिडियो तथा लाइभ सामग्री सहित सबै भिडियोका लागि वनस्टप शपको रुपमा अघि सारेको छ । भिडियो ट्याब फेसबुकको एन्ड्रोइड एपमा माथिपट्टि र आईओएस एपमा तलपट्टि हुनेछ ।

स्मरण रहोस् मेटाले लगातार आफ्नो फेसबुक तथा इन्स्टाग्राम प्लाटफर्ममा रिल्स तथा भिडियो सामग्रीको लम्बाइ बढाउने काम गरिरहेको छ । गत मार्च महिनामा फेसबुकका लागि रिल्सको सीमा ६० सेकेण्डबाट बढाएर ९० सेकेण्ड पुराइएको छ ।

–एजेन्सी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?