+
+
WC Series
Won सुदूरपश्चिम रोएल्स 2025
169/4 (20)
VS
Sudurpaschim Royals won by 49 runs
चितवन राइनोज 2025
120/10 (17.1)
Shares

कांग्रेस केन्द्रीय सदस्यको प्रश्न : कोशीका मुख्यमन्त्री हामीले मान्ने कि नमान्ने ?

अनलाइनखबर अनलाइनखबर
२०८० साउन ३ गते १८:२८

३ साउन, काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य केशवकुमार बुढाथोकीले कोशी प्रदेशको मुख्यमन्त्रीमा उद्धव थापाको नियुक्तिको वैधानिकतामा प्रश्न उठाएका छन् । उनले सभामुखको समर्थन लिएर मुख्यमन्त्री चयन हुनु संविधानको भावना अनुसार नभएको बताए ।

बुधबार केन्द्रीय समिति बैठकमा धारणा राख्दै कोशी सरकारका विषयमा बैठकमा कुरा नउठेकामा आपत्ति जनाए । ‘प्रदेशमा सभामुखले उत्रेर गोल हान्न पाउँछ ? सभामुखले सही गरेर बहुमत पुर्‍याउन मिल्छ ?’ उनले भने, ‘अनि आज यो तमासा हामी कांग्रेसले टुलुटुलु हेर्ने, त्यो विषयमा छलफल नहुने ?’

कांग्रेस संसदीय दलका नेता थापा, सभामुख बाबुराम गौतमको समेत समर्थनमा मुख्यमन्त्री बनेका थिए । यसविरुद्ध परेको रिटमा सर्वोच्च अदालतमा थापा नेतृत्वको सरकारलाई दिर्घकालीन महत्वको निर्णय नगर्न अन्तरिम आदेश दिएको छ ।

पार्टी बैठकमा यसलाई एजेण्डा नबनाएको र नेताहरुले पनि छलफल नगरेको भन्दै उनले असन्तुष्टि जनाए । ‘खै छलफल भा, खै त्यो इस्यु उठेको, के हामीले चिफ मिनिस्टर मान्नुपर्ने कि यो गलत छ भन्नुपर्ने, कि यो संविधान अनुसार छैन भन्नुपर्ने ? के भन्नुपर्ने हामीले ?’ बुढाथोकीले सोधे ।

सभापति शेरबहादुर देउवासँगै महामन्त्रीहरु गगन थापा र विश्वप्रकाश शर्मा र सहमहामन्त्री भीष्म आङदेम्बेलाई सम्बोधन गर्दै सोधे, ‘महामन्त्रीजी, सभापतिजी यत्तिका नेता अगाडि हुनुहुन्छ ? भीष्मजी तपाईँ हाम्रो पूर्वको नेता, हामीले चिफ मिनिस्टर मान्नुपर्ने कि नमान्नुपर्ने ?’

बुढाथोकीले संविधान मस्यौदा समितिको संयोजक समेत रहेका कांग्रेसका पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौलाको बैठकस्थलमा खोजी गरे ।

कोशी प्रदेशका मुख्यमन्त्री थापा, कांग्रेसमा सिटौला निकट हुन् । त्यसतर्फ संकेत गर्दै उनले भने, ‘खै पूर्व महामन्त्रीजी देख्दिन । संविधान बनाउँदा उहाँ नै हाम्रो अगुवा हुनुहुन्थ्यो, उहाँकै नेतृत्वमा हामीले संविधान हामीले प्रस्तुत गरेका थियौं ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?