+
+

टिकटकले ल्याउने भयो म्युजिक स्ट्रिमिङ सर्भिस, एप्पल र स्पटीफाइलाई चुनौती

अनलाइनखबर अनलाइनखबर
२०८० साउन ४ गते १३:३३

काठमाडौं । भिडियो एप टिकटकले पनि म्युजिक स्ट्रिमिङ सर्भिस ल्याउने भएको छ । यसका लागि उसले विभिन्न मुलुकमा परीक्षणको रुपमा बेटा स्ट्रिमिङ सेवा दिन थालेको छ ।

अष्ट्रेलिया, सिंगापुर र मेक्सिकोमा यो सेवाको परीक्षण सुरु गरिएको टिकटकले जनाएको छ । केही सातादेखि इन्डोनेसिया र ब्राजिलमा सेवा सुरु भइसकेको छ । स्पटीफाइ र एप्पल म्युजिकजस्तै सांगीतिक प्लेटफर्म शैलीमा टिकटकले म्युजिकल एप ल्याउन लागेको हो ।

टिकटकको यो स्ट्रिमिङ प्लेटफर्ममा प्रयोगकर्ताले सोनी म्युजिक, वार्नर म्युजिक ग्रुप, युनिभर्सल म्युजिक ग्रुपजस्ता चर्चित रेकर्ड कम्पनीका गीतहरु सुन्न, डाउनलोड र सेयर गर्न सक्ने जनाइएको छ ।

यसैगरी अमेरिकामा पनि टिकटकले टिकटक म्युजिक ट्रेडमार्क स्थापनाको लागि निवेदन दिइसकेको समेत जनाइएको छ । टिकटकको माउ कम्पनी बाइटडान्सले अमेरिकाको पेटेन्ट र ट्रेडमार्क कार्यालयमा निवेदन दिएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।

बेटा परीक्षणको क्रममा प्रयोगकर्ताले तीन महिनासम्म गीत सुन्न पाउने भएका छन् । त्यसपछि मासिक रुपमा शुल्क तिर्नुपर्ने भएको छ भने शुल्क पनि देशअनुसार भिन्न-भिन्न हुने उल्लेख छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?