+
+

विदेशी फिल्मको १५ दिनअघि सेन्सर गर्नुपर्ने प्रस्तावबारे छलफल गर्न मन्त्रालयले सरोकारवालालाई बोलायो

अनलाइनखबर अनलाइनखबर
२०८० साउन ८ गते १६:३२

काठमाडौं । नेपालमा विदेशी फिल्मको जाँचपास (सेन्सर) १५ दिनअघि नै हुनुपर्ने व्यवस्था गर्न चलचित्र विकास बोर्डले लेखेको पत्रमाथि छलफल गर्न सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले फिल्मसम्बद्ध निकायलाई बोलाएको छ ।

मन्त्रालयका प्रवक्ता तथा केन्द्रीय चलचित्र जाँच समितिका अध्यक्ष नेत्रप्रसाद सुवेदीले मन्त्रालयमा प्राप्त भएको पत्रमाथि बोर्डसहित निर्माता र प्रदर्शकलाई छलफलमा बोलाइएको जानकारी दिए । ‘यो कुरा व्यापारसँग जोडिएको पनि छ । यसबारे टुंगोमा पुग्न मन्त्रालयले सम्बद्ध निकायलाई बोलाएर छलफल चलाउँछ,’ सुवेदीले अनलाइनखबरसँग भने ।

पाँच दिनसम्म ठीकै भए पनि १५ दिनसम्म म्याद राख्नु कति उचित हुन्छ भन्ने कुरा छलफलले टुंगो लगाउने उनले बताए । चलचित्र विकास बोर्डका अध्यक्ष भुवन केसीले असार ७ गते मन्त्रालयलाई पत्र लेख्दै राष्ट्र, राष्ट्रियता, संस्कृति लगायतका विषयको गाम्भीर्यलाई मध्यनजर गर्दै उक्त व्यवस्था गर्न आग्रह गरेका थिए ।

भारतीय फिल्म ‘आदिपुरुष’लाई लिएर विवाद भएको पृष्ठभूमिमा बोर्डले मन्त्रालयलाई उक्त आग्रहसहित पत्राचार गरेको थियो । अहिले प्रदर्शनको केही दिनअघि मात्र सेन्सर कार्य भइरहेको छ । फिल्म सेन्सरको म्याद तोक्ने नियमलाई लिएर वितरक र प्रदर्शक एकातिर छन् भने बोर्ड अर्कोतिर छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?