+
+

केन्द्रीय समिति बैठक लाइभ गर्दा असजिलो लाग्यो : शेखर कोइराला

अनलाइनखबर अनलाइनखबर
२०८० साउन ९ गते १६:४३

९ साउन, काठमाडौं । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले केन्द्रीय समितिको बैठक आरोप प्रत्यारोपमा सीमित भएको बताएका छन् । आरोप प्रत्यारोप किन कसरी भयो बारे विषयमा प्रवेश गर्न नचाहने उनले बताए ।

बीपीको ४१औं स्मृति दिवसको अवसर पारेर मंगलबार काठमाडौंमा आयोजित कार्यक्रममा नेता कोइरालाले बैठक लाइभ गर्दा असजिलो महसुस भएको बताए ।

‘फेसबुक लाइभ गर्‍यौं कतिलाई राम्रो लाग्यो होला कतिलाई नराम्रो लाग्यो होला । म राम्रो नराम्रो अहिले भन्न सक्दिनँ’, कोइरालाले भने,‘म जस्तो व्यक्तिलाई अलि असजिलो लाग्यो । केन्द्रीय समिति बैठक भनेपछि कतिपय कुरा बैठकभित्रै राख्नुपर्ने हुन्छ । बाहिर आउनुहुँदैन ।’

संस्थापनइतर पक्षका नेताहरु सहभागी कार्यक्रममा महामन्त्री गगन थापा भने उपस्थित भएनन् ।

आफू र गगन बसेर छलफल गरेर नै मंगलबारको कार्यक्रम तय गरिएको कोइरालाले बताए । बुधबार सकिने केन्द्रीय समितिको बैठकको निर्णय मस्यौदा गर्न सभापति शेरबहादुर देउवाले पदाधिकारीसँग छलफल राखेकाले गगन आउन नसकेको कोइरालाले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?