+
+

एसियन गेम्सको महिला भलिबलमा नेपालले कोरिया र भियतनामसँग खेल्ने

अनलाइनखबर अनलाइनखबर
२०८० साउन ११ गते १५:५५

११ साउन, काठमाडौं । चीनको हान्झाउमा आगामी सेप्टेम्बर २३ देखि अक्टोबर ८ सम्म हुने १९औं एसियन गेम्सको भलिबलको समूह विभाजन सार्वजनिक भएको छ ।

बिहीबार भएको ड्र अनुसार महिलातर्फ नेपाल समूह सी मा परेको छ । यस समूहमा नेपालले दक्षिण कोरिया र भियतनामसँग खेल्नेछ ।

दुवै एसियाका बलिया राष्ट्र हुन् । विश्व वरियतामा कोरिया ३५औं र भियतनाम ४७औं स्थानमा छन् ।

नेपालको महिला भलिबल टोलीले पहिलो पटक एसियन गेम्स खेल्न लागेको हो । त्यसका लागि अरुणा गुरुङको कप्तानीमा नेपाली टोद्यी प्रशिक्षक गरिरहेको छ ।

टोलीलाई बेल्जियन प्रशिक्षक यान डी ब्रान्ट र नेपालका सफल प्रशिक्षक जगदिश भट्टले प्रशिक्षण दिइरहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?