+
+

आयातित वस्तुको लेबलिङ गर्ने निर्णयको विरोधमा व्यापारी

अनलाइनखबर अनलाइनखबर
२०८० साउन ११ गते १५:४२

११ साउन, विराटनगर । आयातित सामाग्रीलाई बजार पठाउँदा लेवलिङ गर्नु पर्ने निर्णयको विपक्षमा व्यापारी उभिएका छन् ।

भन्सार विभागले साउन १ गतेबाट आयातित वस्तुमा अनिवार्य आयातकर्ता र वितरकको विवरण र एक्जिम कोडसहितको लेबललिङ अनिवार्य गर्न सूचना जारी गरेको थियो । तर व्यापारीहरु लेवलिङ गर्ने निर्णयको विपक्षमा उभिएका हुन् ।

भन्सार विभागले आयातित मालवस्तुको प्याकिङमा अनिवार्य रूपमा लेबल टाँस्न सूचना जारी गरेको थियो । त्यसको विरोधमा मोरङ व्यापार संघ, वीरगञ्ज उद्योग वाणीज्य संघ, सिद्धार्थ उद्योग वाणिज्य संघ र नेपालगञ्ज उद्योग वाणिज्य संघले संयुक्त विज्ञप्ति जारी गर्दै लेवलिङको निर्णय तत्काल कार्यान्वयन नगर्न माग गरेका हुन् ।

मोरङ व्यापार संघका अध्यक्ष नविन रिजालले सबै सामानमा लेवल लगाउन सम्भव नभएको बताए । बिहीबार पत्रकार सम्मेलन गर्दै उनले कार्यविधी नबनाई, अलमलकाबीच लेवलिङ गर्न नसकिने बताए ।

‘भन्सार विभागले असार २२ जारी गरेको ‘लेबल लगाउने सम्बन्धी सूचना’का कारण व्यवसायीहरु माँझ अन्यौलको वातावरण सृजना भएको छ । साउन १ गतेदेखि लेबलिङ्ग कार्यान्वयनमा ल्याउने भनी जारी अस्पष्ट र अव्यवहारिक सूचनाका कारण आयात तथा आन्तरिक व्यापार नै नराम्री प्रभावित हुन पुगेको अवस्था छ,’ चार संघले जारी गरेको विज्ञप्तिमा भनिएको छ ,‘ भन्सार विभागद्वारा जारी सूचना आफैँमा अस्पष्ट छँदैछ, सँगसँगै स्पष्ट पार्ने सरोकारवाला निकाय पनि लेबलिङ्ग बारे प्रष्ट छैनन् । यसर्थ लेबलिङ्ग सम्बन्धी स्पष्ट प्रावधान र नीतिगत व्यवस्था र निर्देशिका जारी नभइञ्जेलसम्मका लागि यो लेबलिङ्ग प्रकृया कार्यान्वयनका लागि अगाडी नबढाउन आग्रह गर्दछौँ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?