+
+

नेपालगञ्जमा खुल्यो तीन पर्दासहितको मल्टिप्लेक्स ‘सिने रोयल’

अनलाइनखबर अनलाइनखबर
२०८० साउन १२ गते १४:२८

काठमाडौं । नेपालगञ्जमा शुक्रबारदेखि ‘सिने रोयल’ नामक नयाँ मल्टिप्लेक्स फिल्म हल सञ्चालनमा आएको छ । वेस्टर्न आईएनसी प्रालिले तीन पर्दासहितको हल सञ्चालनमा ल्याएको हो ।

हल सञ्चालक विनोद थापाले बिहीबार नेपाली फिल्म ‘जारी’ र ‘मिसन इम्पोसिबल ७’ लाई स्क्रिनिङ गर्दै हलको औपचारिक शुभारम्भ गरे । कुल ५६२ सिट क्षमताको उक्त हलमा शुक्रबारदेखि प्रदर्शनमा आएका तीन फिल्म रिलिज भएका छन् ।

हलका कन्सलट्यान्ट अरुण रिजालका अनुसार २५ करोड रुपैयाँ हाराहारीको लागतमा हल निर्माण भएको हो । हङकङबाट ल्याइएको थिएट्रिकल म्यानेजमेन्ट सिस्टम (टीएमसी) प्रविधि जडान गरेर सञ्चालनमा ल्याएको हलमा नेपालमा पहिलोपटक मलेसियाबाट ल्याइएको स्पेक्ट्रम सिट प्रयोगमा ल्याइएको छ ।

एट्मस ध्वनि र थ्रीडी प्रविधि जडान छ । नेपालगञ्जको आदर्शनगरमा सञ्चालित यो हलमा दर्शकले अत्याधुनिक प्रविधिमा फिल्म हेर्न सक्ने जनाइएको छ ।

नेपालमागञ्जमा यसअघि नै क्यूएफएक्सको जय बागेश्वरी मल्टिप्लेक्स पनि सञ्चालनमा छ । कन्सलट्यान्ट रिजालका अनुसार नेपालगञ्जको फिल्म बजारमा ७० प्रतिशत नेपाली र ३० भारतीय दर्शकको उपस्थिति छ । सीमा नजिक भएकाले भारतीय दर्शक पनि त्यहाँ फिल्म हेर्न आउने रिजालले बताए ।

रिजालकै अगुवाइमा अबको डेढ महिनामा दाङको नारायणपुरमा पनि दुई पर्दाहितको भीएफएक्स मल्टिप्लेक्स हल पनि सञ्चालनमा आउने तयारीमा छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?