+
+

सरकारले लगाएको भ्याटप्रति वायुसेवा सञ्चालक संघको असन्तुष्टि

अनलाइनखबर अनलाइनखबर
२०८० साउन १२ गते २०:३७

१२ साउन, काठमाडौं। वायुसेवा सञ्चालक संघ, नेपालले वायुसेवासँग सम्बन्धित सेवा र सामग्रीहरुमा भ्याट लगाएर सरकारले वायुसेवा क्षेत्रलाई अविश्वास गरेको बताएको छ ।

शुक्रबार काठमाडौंमा पत्रकारहरुसँग भेटघाट गर्दै वायुसेवा सञ्चालन संघ, नेपालका अध्यक्ष रामेश्वर थापाले वायुसेवासँग सम्बन्धित सेवा र सामग्रीहरुमा भ्याट लगाएर सरकारले सो क्षेत्रप्रति नै अविश्वास गरेको बताएका हुन् ।

उनले भने, ‘ हतारिएर हामीलाई विश्वास नगरेर, नेपालको वायुसेवा क्षेत्रलाई नै विश्वास नगरेर सरकारले हतासमा ल्याएको जस्तो लाग्छ ।’

उनले सरकारले हतारमा निर्णय गरेर सो क्षेत्रमा भ्याट लगाएको बताए । सरकारले आफूहरुसँग सल्लाह गरेरै गरेको भएपनि आफूहरु तयार हुने भन्दै उनले सरकारले यस विषयमा निष्पक्ष व्यवहार गर्न नसकेको बताए । उले पूँजीगत खर्चमा भ्याट लाउनु व्यवहारिक नभएको पनि बताए।

‘पहिलो कुरा पूजीगत खर्चहरुको हकमा, पहिला त हामीसँग सरोकार गरेर, छलफल गरेर गरिदिएको भए हामीले धेरै कुरा इन्पुट पनि दिनसक्थ्यौँ । भ्याटमा हामी नेगेटिभ त्यस्तो कोही पनि होइन । सर्भिसमा हामी भ्याट दिन तयार पनि छौँ । टिकटबाट उठाइरहने भ्याट हो । तर यसको प्रक्रियाका कुरा थुप्रै बाँकी छन्,’  उनले भने, ‘ त्यति हतारिएर गर्नुपर्ने जरुरी थिएन । हामीलाई राखेर सल्लाह गरेर यसो गरौँ भनेको भए पक्कै पनि हामी तयार हुन्थ्यौं । यसमा हामीलाई निष्पक्ष व्यवहार भएन कि भन्ने लाग्छ।’

उनले जहाजको इन्जिनलगायतका सामग्रीहरुमा भ्याट कम लाग्दा सहज रुपमा आपूर्ति हुने र त्यसले सेवामा सहजता थप्ने पनि बताए । उनले भने, ‘ आजसम्म हामी भ्याटमा कहीँ रजिष्टर पनि छैनौँ । साथसाथै एभिएसनको मोडालिटी, यसको फिजिबिलिटी स्टडी नै यसरी गरिएको हुन्छ कि यो अन्तर्राष्ट्रिय प्रचारप्रसार भनौँ, एउटा प्रेषित डकुमेन्टेशन एनएक्सहरुबाट सञ्चालन हुने एयरलाइन्स् इन्डष्ट्रि हो । त्यसको आधारमा रेगुलेशनहरु हाम्रो रेगुलेटर अथोरिटीहरुले काम गर्ने हुन्छ । त्या भ्याटको कुरो हामीले सायद एयरक्राफ्टहरु, एयरक्राफ्टमा लाग्ने मेजर कम्पोनेन्टहरुमा कम्परमाइज नहोस् र सहज होस् भन्ने हिसावले गरिएको बुझिन्छ हिजो ।’

पैसाको कारण आवश्यक सामग्रीहरुमा सम्झौता गर्ने अवस्था बनेमा हवाइ सुरक्षामा समेत चुनौती थपिने उनको भनाइ छ । ‘आज झन्डै ३० वर्ष भइसक्यो निजी वायु सेवा सुरू भएको । कुनै इन्जिन अथवा एयरक्राफ्ट, अथवा त्यसमा लाग्ने मेजर कम्पोनेन्टहरु हामीले त्यसको टाइम सकिने बित्तिकै चेन्ज गरेनौँ भने त्यसमा दुर्घटनाका सम्भावना प्रशस्तै रहन्छन् । कुनै पनि मेजर कम्पोनेन्टहरुको एउटा लाइभ दिइसकेपछि सर्टेन कुराहरुमा एक्सटेन्शन पनि दिएको हुन्छ म्यानिफ्याक्चरले, उनले भने, ‘५, १० प्रतिशत त्यसको हिस्ट्री हेरेर दिइन्छ । त्यो ५/१० प्रतिशतमा पनि जानु नपरोस् भन्ने हाम्रो सोच हुन्छ । ५, १० प्रतिशत भएपनि किन कम्परमाइज गर्ने त पैसा निकाल्न सकिदैनँ भनेर हामीले कम्परमाइज गर्न थाल्यौँ भने त्यसले सुरक्षामा ठूलो चुनौती सिर्जना हुन्छ।’

उनले आफूहरु पनि विभिन्न सेवाका लागि भ्याटको तयारी गरिरहेको बताए । उनले भने, ‘ बाँकी सेवाको लागि भ्याटको लागि अहिले हामी तयारी गर्दैछौँ । त्यस किसिमको तालिम दिने, हाम्रो स्टाफहरु ग्रुमिङ गर्ने यी सबै कुराहरु हामी हतार-हतार गर्दैछौँ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?