
काठमाडौं । भरतबन्धु थापाको ‘पञ्चकोशी दैलेख’ तस्वीर पुस्तक नेपाली र अंग्रेजी दुवै भाषामा प्रकाशित भएको छ ।
धार्मिक तथा ऐतिहासिक महत्व बोकेका दैलेख जिल्लाको दुल्लु क्षेत्रलाई केन्द्रति गरेर दैलेख जिल्लाभित्रका सांस्कृतिक, धार्मिक एवम् जीवनशैलीसँग सम्बन्धित तस्वीरसहित जानकारी रहेको छ ।
दुल्लु नगरपालिकाद्वारा प्रकाशित ‘पञ्चकोशी दैलेख’ पुस्तकमा दुल्लु नगरपालिकामा अवस्थित ऐतिहासिक, धार्मिकका,प्राकृतिक, कला र संस्कृति सबैलाई समेटेर पुस्तक तयार गरेको थापाले बताए ।
प्राचीन साँस्कृतिक विरासतयुक्त सम्पदा, ऐतिहासिक स्थलहरु, कला र परम्परा झल्काउने तस्वीरहरु समावेश रहेको यस संग्रहले दैलेख जिल्लाका साथै पञ्चकोशी क्षेत्रको पर्यटन, प्रवर्धन र विकासमा सहयोग पुर्याउने लेखक तथा फोटोपत्रकार थापको भनाइ छ ।
दैलेख जिल्ला अवस्थित कीर्तिखम्बलगायत विभिन्न अध्ययन अनुसन्धान गर्ने ऐतिहासिक दस्तावेजहरु रहेका छन् ।
पुस्तक विमोचनसँगै दुल्लु नगरपालिकाका प्रमुख भरत रिजालले यी साँस्कृतिक तथा धार्मिक सम्पदाहरूको केन्द्रीय सरकारले पर्याप्त अध्ययन-अनुसन्धान नगरेको गुनासो गरे ।
दुल्लु बजारमा अविस्थत दामुपालको अभिले नेपाली भाषामा लेखिएको पहिलो अभिलेख भनेर अध्ययन अनुसन्धान गर्न आउने इतिहासकारहरुले भन्ने गरेको भए पनि यसको प्रमाणीकरण नभएको उनले बताए ।
आफूहरू संरक्षण र प्रर्वर्धनमा लागिरहेको र केन्द्रीय सरकारले पनि महत्वका साथ हेरिदिनुपर्ने बताउँछन् कर्णाल प्रदेश सभा सदस्य एवम् दुल्लु नगरपालिकाका पूर्वप्रमुख घनश्याम भण्डारी ।
पत्रकार थापाले यसअघि Wild West Nepal (2013), गन्तव्य कर्णाली (२०१९), कर्णाली (२०२०), Explore Far-Weste (२०२०), गन्तव्य मध्यपुर (२९२१), तस्वीरमा नेपाल (२०२२), west Nepal (2022), Nepal in Image (2023) प्रकाशित भएका छन् ।
प्रतिक्रिया 4