+
+

सर्रे जागुएर्सको जितमा सन्दीपको ३ विकेट

अनलाइनखबर अनलाइनखबर
२०८० साउन १३ गते ९:३६

१३ साउन,  काठमाडौं । ग्लोबल टी-२० क्यानडा क्रिकेटमा नेपाली लेगस्पीनर सन्दीप लामिछानेले उत्कृष्ट प्रदर्शनलाई निरन्तरता दिंदै मिसिसाउगा प्यान्थर्सविरुद्ध तीन विकेट लिएका छन् ।

शुक्रबार राति भएको खेलमा सर्रे जागुएर्सले प्यान्थर्सलाई ५५ रनले पराजित गर्दै लिगमा दोस्रो जित निकालेको छ ।

टस हारेर पहिले ब्याटिङ गरेको सर्रे जागुएर्सले जतिन्दर सिंहको अर्धशतकमा ६ विकेट गुमाएर १६४ रन बनाएको थियो ।

जतिन्दले ४५ बलमा ५ चौका र १ छक्का प्रहार गरी ५७ रन बनाए । एलेक्स हाल्सले ३९ र लिट्टन दासले २५ रन बनाए ।

प्यान्थर्सका जहुर खानले तीन विकेट लिए ।

१६५ रनको लक्ष्य पछ्याएको प्यान्थर्स १७ ओभरमै १०९ रनमा अलआउट भए । प्यान्थर्सका लागि क्यामरुन डेलपोर्टले ३३ तथा श्रेयास मुभ्भाले ३१ रन बनाए ।

प्यान्थर्सलाई अलआउट गर्न सर्रे जागुएर्सका सन्दीपले तीन ओभरमा १८ रन खर्चेर ३ विकेट लिए । यस्तै स्पेन्सर जोन्सनले ४ ओभरमा २५ रन खर्चेर २ विकेट लिए । म्याथ्यु फोर्डले २ विकेट लिए ।

दोस्रो जितपछि चार खेलबाट ५ अंक जोडेर सर्रे तेस्रो स्थानमा उक्लेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?