+
+

‘हिटलरको मृत्युशिविर’ देखाइएपछि वरुण र जान्ह्वीको ‘बवाल’ विवादमा

अनलाइनखबर अनलाइनखबर
२०८० साउन १४ गते ११:५२

काठमाडौं । नाजीको मृत्यु शिविरसम्बन्धी दृश्यलाई लिएर वरुण धवन र जान्ह्वी कपुर स्टारर फिल्म ‘बवाल’ विवादमा तानिएको छ । ‘अस्विट्स’ भनिने नाजीको मृत्युदण्ड दिने ठाउँलाई चित्रण गरेको भन्दै दर्शकको केही समूह विरोधमा उत्रिएको हो ।

यहुदी संगठनले फिल्म हटाउन प्राइम भिडियोलाई खुला पत्र लेख्दै भनेको छ, ‘ओटीटी प्लेटफर्मलाई बवाल फिल्म हटाउन हामी आग्रह गर्दछौं । जुन फिल्मले जहाँ लाखौं नाजीहरुलाई प्रणालीगत रुपमै हत्या गरिएको छ । फिल्मले यहुदीलाई तुच्छ रुपमा चित्रण गरको छ ।’

उक्त हत्याका पीडितहरूको सम्झनामा समर्पित एक मानव अधिकार एनजीओ साइमन विसेन्थल सेन्टरले प्राइम भिडियोलाई ‘नाजीविरुद्धको उक्त दुर्व्यवहारको दृश्यका कारण’ हटाउन आग्रह गरिएको जनाएको छ ।

विज्ञप्तिमा भनिएको छ, ‘प्रसिद्ध भारतीय फिल्म निर्माता नितेश तिवारीद्वारा निर्देशित, समकालीन समयमा सेट गरिएको फिल्मको कथाका नायकहरु अस्विट्जको ग्यास च्याम्बरमा प्रवेश गर्छ,न् त्यसपछि यहुदीहरु निसास्सिएको दृश्य देखाइन्छ । फिल्ममा मानवीय लोभ र अहंकारलाई हिटलरको विम्बको रुपमा प्रयोग गरिएको छ । फिल्ममा मुख्य नायकले पत्नीसँग भनेको छ, ‘हामी सबै हिटलर जस्तै हौं, होइनौं र ?’

फिल्म र निर्देशक तिवारीको आलोचना गर्दै उक्त यहुदी संगठनका रब्बी अब्राहम कुपरले खुला पत्रमा भनेका छन्, ‘अस्विट्ज कुनै रूपक होइन । दुष्टलाई दर्शाउन यो मानिसको क्षमताको उत्कृष्ट उदाहरण हो । नितेश तिवारीले यस फिल्ममा नायकलाई ‘हरेक सम्बन्ध अस्विट्जमै पुगेर समाप्त हुन्छन्’ भनी घोषणा गरेर हिटलरको नरसंहारकारी शासनको हातबाट मारिएका ६० लाख यहुदी र अन्य लाखौंको सम्झनालाई बेइज्जत गर्छ ।’

उनले अगाडि भनेका छन्, ‘यदि फिल्म निर्माताको लक्ष्य नाजी मृत्यु शिविरमा कथित रूपमा काल्पनिक दृश्य खिचेर आफ्नो फिल्मको लागि चर्चा कमाउनु थियो भने उनी सफल भएका छन् । अमेजन प्राइम (प्राइम भिडियो) ले नाजी होलोकास्टका लाखौं पीडितहरूको पीडाबारेको यो दृश्यलाई तत्काल हटाउनुपर्छ ।’

पिंकभिल्लासँगको हालैको अन्तर्वार्तामा अभिनेता वरुण धवनले भनेका छन्, ‘केही मानिस यस विषयमा उत्तेजित वा संवेदनशील भएका छन् । तर अंग्रेजी फिल्म हेर्दा उनीहरुको संवेदनशीलता कहाँ जान्छ बुझ्न सकिंदैन ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?