+
+

धरानमा डेङ्गुबाट मृत्यु हुनेको संख्या ८ पुग्यो, संक्रमितको संख्या २३०० नाघ्यो

अनलाइनखबर अनलाइनखबर
२०८० साउन १४ गते १९:३६

१४ साउन, विराटनगर । प्रकोपका रुपमा फैलिएको डेङ्गुका कारण धरानमा ८ जनाको मृत्यु भएको छ । २ हजार ३५३ जनामा डेङ्गु पोजेटिभ देखिएको छ ।

धरान उपमहानगरपालिकाका जनस्वास्थ्य अधिकृत उमेश मेहताले ३ हजार ९८१ जनाको परीक्षण गर्दा  २ हजार ३५३ जना डेङ्गु सङ्क्रमित देखिएको जानकारी दिए ।

उनका अनुसार परीक्षण गरिएका मध्ये ५९ प्रतिशतमा डेंगु देखिएको हो । यस्तै धरानको ११, १५, १७ र १८ नम्बर वडा बढी प्रभावित छन् ।

संक्रमण बढेपछि बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा १५० जनासम्म अट्ने गरी डेंगुको छुट्टै वार्ड सञ्चालन गरिएको छ । बीपीमा डेङ्गुका लागि छुट्टै क्लिनिक  पनि सञ्चालन गरिएको छ ।

डेङ्गु नियन्त्रणका लागि धरानमा ‘सर्च एण्ड डिस्ट्रोय’ अभियान सञ्चालन भइरहेको उनले बताए ।  धरानमा २४० वटै टोल विकास संस्थालाई  डेङ्गु नियन्त्रण अभियानमा प्रयोग गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?