+
+

कोशीमा कांग्रेस-एमालेलाई सरकार बनाउन सुझाव दिएका छौं : राजेन्द्र लिङ्देन

‘अहिले हामीलाई सत्ता प्राथमिकताको विषय छैन । हामीले कांग्रेस र एमालेलाई बहुमत बनाएर सरकार चलाउन सुझाव दिएका छौं’ उनले भने, ‘ठूलो बहुमतले भोलिका दिनमा बाधा–अड्चन आउन दिनेछैन । विधेयक पारित गर्दा पनि सहज हुन्छ ।’

अनलाइनखबर अनलाइनखबर
२०८० साउन १६ गते १३:०८
विराटनगर विमानस्थलमा राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देन (बाँयाबाट पहिलो), एमाले नेता हिक्मतकुमार कार्की र राप्रपा नेता भक्तिप्रसाद सिटौला ।

१६ साउन, विराटनगर । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले कोशी प्रदेश सरकार गठनका लागि कुनै पनि दललाई सहयोग नगर्ने बताएका छन् । मंगलबार विराटनगर विमानस्थलमा पत्रकारहरुसँग कुरा गर्दै उनले कांग्रेस र एमाले मिलेर सरकार बनाउन सुझाव दिए ।

‘अहिले हामीलाई सत्ता प्राथमिकताको विषय छैन । हामीले कांग्रेस र एमालेलाई बहुमत बनाएर सरकार चलाउन सुझाव दिएका छौं’ उनले भने, ‘ठूलो बहुमतले भोलिका दिनमा बाधा–अड्चन आउन दिनेछैन । विधेयक पारित गर्दा पनि सहज हुन्छ ।’

९३ सदस्यीय कोशी प्रदेशसभामा ठूलो दल एमालेको ४०, नेपाली कांग्रेसको २९, नेकपा माओवादी केन्द्रको १३, राप्रपाको ६, एकीकृत समाजवादीको ४ र जनता समाजवादी पार्टीको एक सांसद छन् । माओवादीबाट निर्वाचित प्रदेशसभा सदस्य बाबुराम गौतम सभामुख छन् ।

केन्द्रमा बनेको सत्तारुढ गठबन्धन र विपक्षमा रहेको एमालेले सहज रुपमा बहुमत जुटाउन नसक्दा कोशीमा राजनीतिक अस्थिरता कायम छ । प्रदेश प्रमुख परशुराम खापुङले बहुमतको सरकार गठनका लागि दिएको समय मंगलबार साँझ ५ बजे सकिंदैछ । तर सत्तारुढ गठबन्धनले बहुमत जुटाउन सकेको छैन । राप्रपाले तत्काल सत्ता गठबन्धनलाई साथ दिन नसकिने प्रष्ट पारेको छ ।

अध्यक्ष लिङ्देनले संविधानको धारा १६८ (२) अनुसार सरकार बनाउन आफूहरुको समर्थन नहुने  बताए ।

‘अहिले सरकार गठनका लागि संविधानको धारा १६८ को उपधारा २ मा घटनाक्रम चलिरहेको छ । यो श्रृंखला सोही धाराको उपधारा ५ सम्म पुग्ला । त्यहाँसम्म पुग्दा दलहरुले आफैं समाधान निकाल्लान् । त्यससम्म पनि समाधान ननिस्किंदा र हामी नै निर्णायक देखियौं भने पार्टीको बैठक बसेर निर्णय गर्नेछौं’ उनले भने ।

संवैधानिक व्यवस्था अनुसार धारा १६८ (२) अनुसार बहुमतको सरकार बन्न नसकेमा १६८ (३) अनुसार प्रदेशसभाको सबैभन्दा ठूलो दलको संसदीय दलको नेता मुख्यमन्त्री बन्नेछन् । उसले पनि विश्वासको मत लिन नसकेमा १६८ (५) अनुसारको सरकार बन्नेछ । जसमा बहुमत पुर्‍याउन सक्ने कुनै प्रदेशसभा सदस्यले मुख्यमन्त्रीमा दाबी पेश गर्न सक्ने व्यवस्था छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?