+
+

धारिलो हतियार प्रहार गरेर बूढानीलकण्ठमा एक महिलाको हत्या

अनलाइनखबर अनलाइनखबर
२०८० साउन १६ गते १६:१५

१६ साउन, काठमाडौं । बूढानीलकण्ठ नगरपालिका–४, भसन्थलीमा एक जना महिलाको हत्या भएको छ । धारिलो हतियार प्रहार गरेर सप्तरीकी २८ वर्षीया अनिता चौधरीको हत्या भएको हो ।

जिल्ला प्रहरी परिसर, काठमाडौंले हत्यामा संलग्न रहेको आरोपमा बूढानीलकण्ठ बस्ने ५२ वर्षीय गौरासिंह बोहरालाई पक्राउ गरेको छ । प्रहरीका अनुसार, आइतबार राति चौधरीमाथि धारिलो हतियार प्रहार भएको थियो ।

घटनालगत्तै उनलाई ट्रमा सेन्टर लगिएपनि उपचारका क्रममा मृत्यु भएको थियो । कुटपिटको कारण खलेको छैन । प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

यसैबीच, ललितपुरमा पनि सामान्य विवादमा भएको झगडामा कुटपिट हुँदा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा ५३ वर्षीय ज्ञानबहादुर भनिने हिम परियार छन् ।

ललितपुर महानगरपालिका–९, बालकुमारी च्यासल बस्ने ४३ वर्षीय शंखर तामाङले सामान्य बिवादका कुटपिट गर्दा परियार सोमबार गम्भीर घाइते भएका थिए ।

उद्दार गरेर पाटन अस्पताल लगिएको थियो । तर, उपचारका क्रममा मृत्यु भयो । घटनाको खबर प्राप्त हुनासाथ प्रहरी प्रभाग मंगलबजारबाट खटिएको टोलीले तामाङलाई पक्राउ गरेको छ ।

थप अनुसन्धान भइरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?