+
+

राष्ट्रसंघका महासचिवको नेपाल भ्रमणका लागि पहल गर्छु : प्रस्तावित राजदूत थापा

अनलाइनखबर अनलाइनखबर
२०८० साउन १७ गते १३:२२

१७ साउन, काठमाडौं । संयुक्त राष्ट्र संघका लागि नेपालको स्थायी नियोगका राजदूतका लागि सिफारिस लोकबहादुर थापाले संयुक्त राष्ट्रसंघसँगको सहकार्यलाई प्रभावकारी बनाउने बताएका छन् ।

बुधबार संघीय संसदको ससदीय सुनुवाइ समितिमा सांसदहरुले सोधेका प्रश्नको जवाफ दिँदै उनले राष्ट्रसंघका महासचिवलगायत उच्च अधिकारीको नेपाल भ्रमणका लागि पहल गर्ने र नेपालबाट जाने प्रतिनिधिमण्डलको साइडलाइन भेट गराउने प्रतिवद्धता जनाएका छन् ।

‘म राजदूतमा अनुमोदित भएँ भने युनसंगको इङ्गेजमेन्टलाई प्रभावकारी बनाउन पहल गर्छु । बहुपक्षीय कुटनीतिलाई विस्तार गर्न पहल गर्छु । परराष्ट्र नीतिका उद्देश्य पूर्ति गर्ने र मुद्दा मिल्ने देशसँग सहकार्य अगाडि बढाउनेछु’ उनले भने ।

थापाले विश्वमा देखिएका समस्या समाधानका लागि उच्च स्तरीय छलफलमा भाग लिने, यस्ता छलफलहरु आयोजना गर्न र गराउन पहल गर्ने, नेपाल र राष्ट्रसंघको सहकार्यलाई अझै निकट बनाउन उच्च तहका बैठक, सम्मेलन र सहभागिता बढाउने पनि बताए ।

नेपालजस्ता देशले आफ्नो स्वार्थ जोगाउन बहुपक्षीय मञ्च राष्ट्रसंघलाई बलियो बनाएर लैजानुपर्ने भन्दै उनले राष्ट्रसंघलाई प्रयोग गर्दै त्यसबाट आर्थिक उपार्जन गर्नुपर्ने पनि बताए ।

थापाले नेपालले आफ्नो कारण नभएर पनि जलबायु परिवर्तनको मार खेपिरहेको भन्दै यो विषय पनि आफूले उठाउने बताए । ‘भुटान जस्तो देशले समेत कोपमा आफ्ना एजेन्डा उठाएको छ । हामी पनि अन्तर्राष्ट्रिय फोरममा जलवायु परिवर्तन र त्यसले नेपाल प्रभावित भएको विषय उठाउन सक्छौं’ उनले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?