+
+
WC Series
Won सुदूरपश्चिम रोएल्स 2025
169/4 (20)
VS
Sudurpaschim Royals won by 49 runs
चितवन राइनोज 2025
120/10 (17.1)
Shares

विद्युत उत्पादन कम्पनीको सीईओमा शाही नियुक्त

पोखरेलको प्रयास असफल

अनलाइनखबर अनलाइनखबर
२०८० साउन १८ गते १२:२७

१८ साउन, काठमाडौं ।  विद्युत उत्पादन कम्पनी (भीयूसीएल) को प्रमुख कार्यकारी अधिकृत (सीईओ)मा बखतबहादुर शाही नियुक्त भएका छन् । भीयूसीएलको बिहीबार विहान बसेको सञ्चालक समिति बैठकले प्रमुख कार्यकारी अधिकृतमा दैलेखका शाहीलाई सीईओ नियुक्त गरेको हो ।

उनको नियक्तिसँगै प्रदेश पूर्वाधार विकास प्राधिकरण, लुम्बिनीका प्रमुख कार्यकारी अधिकृत (सीईओ) छविराज पोखरेलले नियुक्तिका लागि गरेको प्रयास असफल भएको छ । विद्युत विकास विभागका महानिर्देशक चिरञ्जीवि चटौत नेतृत्वको छनोट समितिका एक सदस्यका अनुसार समितिले गरेको सिफारिसका आधारमा शाही नियुक्त भएका हुन् ।

‘पोखरेललाई नियुक्त गर्न दबाब त थियो, अन्तरवार्ता, कार्ययोजना प्रस्तुतिमा उहाँ कमजोर देखिनुभयो,’ ती सदस्यले भने,‘ जलविद्युत विकास तथा लगानी कम्पनी (एचआईडीसीएल)मा पनि काम गरेकाले उहाँले आफू बढी योग्य दाबी गर्नुभएको थियो, तर उहाँको विवादास्पद छवीका कारण समेत समस्या भयो ।’ शाही र पोखरेलसँगै देवेन्द्र केसी, नरेन्द्रसिंह भण्डारी, रणबहादुर थापा र राजु श्रेष्ठ अन्तिम प्रतिस्पर्धामा थिए ।

अब शाहीले सीईओको रुपमा काम गर्नेछन् । गत जेठमा भएको प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको भारत भ्रमणका क्रममा भीयूसीएल अन्तर्गतको फुकोट कर्णाली जलविद्युत आयोजना भारतीय कम्पनी एनएचपीसीको नेतृत्वमा बनाउने सहमति भइसकेको छ । त्यसबाहेक ठूला क्षमताका किमाथांङ्का अरुण, मुगु कर्णाली, जगदुल्ला र नलगाढ जलविद्युत परियोजना भीयूसीएल अन्तर्गत नै विकास गर्न खोजिएको छ । यस्ता आयोजना निर्माणका लागि विदेशी कम्पनीको खोजी भइरहेकाले भीयूसीएलको सीईओ पद हात पार्न विगतदेखि नै स्वार्थ समूहहरुले प्रयास गर्दै आएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?