+
+

ललितपुर महानगरमा २८ महिना काम गरेर गृह पुगे सहसचिव अर्याल

अनलाइनखबर अनलाइनखबर
२०८० साउन १८ गते १७:२८

१८ साउन, काठमाडौं । २८ महिना ललितपुर महानगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतको रुपमा काम गरेका गणेश अर्याल गृह मन्त्रालय सरुवा भएका छन् । ७ साउनमा गृह मन्त्रालय सरुवा भएका अर्याललाई महानगरले एक कार्यक्रमको आयोजना गरी बिहीबार विदाइ गरेको छ ।

सहसचिव भएपछि पहिलो नियुक्ति नै स्थानीय तहको प्रमुख प्रशासकीय अधिकृतका रुपमा लिएर उनी ३ वैशाख २०७८ मा ललितपुर आएका थिए ।

सबैभन्दा लामो समय महानगरपालिकामा बस्ने प्रमुख प्रशासकीय अधिकृतको रुपमा आफूले रेकर्ड बनाएको अर्यालको दाबी गरे ।

‘स्थानीय तहमा काम गर्न गाह्रो छ भनेर आउनै मन थिएन, आनाकानी गर्दागर्दै आएको थिएँ, म आउँदा ललितपुरको कार्यपालिकामा ठूलो विवाद थियो, ३/४ महिनादेखि कार्यपालिका बैठक बस्न सकेको थिएन, तर समन्वय गरेर धेरै हदसम्म विवाद समाधानको लागि भूमिका खेलेँजस्तो लाग्छ,’ अर्यालले अनलाइनखबरसँग भने ।

ललितपुरमा आफूले मेयर, उपमेयर र कार्यपालिकाबीच पुलको काम गरेको उनले बताए । ‘ललितपुरमा कतिपय कर्मचारी ५८ वषको उमेर हद नाघेर ६० वर्षसम्म जागिर खाइरहेको थिए, त्यसलाई व्यवस्थापन गरियो, ज्यालादारी कर्मचारीलाई पनि सामाजिक सुरक्षा कोषमा आबद्ध गरेँ,’ उनले भने ।

भारतीलाई ललितपुरको जिम्मेवारी

अर्यालको सरुवा भएपछि स्थानीय तहको प्रमुख प्रशासकीय अधिकृतमा लामो अनुभव भएका वीरेन्द्रदेव भारती ललितपुरको प्रमुख प्रशासकीय अधिकृत भएर आएका छन् ।

पोखरा महानगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतबाट ललितपुर आएका भारतीले बिहीबारदेखि जिम्मेवारी सम्हालेका छन् ।

उनले उपसचिव हुँदा ललितपुरको गोदावरी नगरपालिका, वुटबल उपमहानगरपालिका, बुढानीलकण्ठ नगरपालिका, गोकर्णेश्वर नगरपालिकामा प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी बहन गरिसकेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?