+
+

एक्सेल डिसासी चेल्सीमा आवद्ध

अनलाइनखबर अनलाइनखबर
२०८० साउन १९ गते १८:३३

१९ साउन, काठमाडौं । इंग्लिस क्लब चेल्सीले फ्रेन्च डिफेन्डर एक्सेल डिसासीलाई क्लबमा अनुबन्ध गरेको छ ।

फ्रान्सका अन्तर्राष्ट्रिय डिफेन्डर एक्सेल डिसासी एएस मोनाकोबाट ४५ मिलियन युरोमा ६ वर्षको लामो सम्झौतामा चेल्सी आएका हुन् ।

वेस्ले फोफाना घाइते उनको स्थान परिपुर्ति गर्न चेल्सीले २५ वर्षीय डिसासीलाई क्लबमा अनुबन्ध गरेको हो । डिसासीले गत सिजन फ्रेन्च लिग वानमा मोनाकोबाट ३८ खेल खेलेका थिए ।

चेल्सीमा अनुबन्ध भएसँगै डिसासीले टिमको हिस्सा बन्न पाउँदा गर्व लागेको बताए, ‘म यहाँ धेरै ठूला कुराहरू हासिल गर्ने आशामा छु । उपाधि जित्न म आफूले सकेको मेहनत लगाउने छु ।’

चेल्सीले ब्राइटनका गोलरक्षक रोबर्ट सान्चेजलाई पनि क्लबमा अनुबन्ध गर्न सहमत भएको छ ।

पहिलो रोजाइका गोलरक्षक एडुआर्ड मेन्डी साउदी अरेबियाको क्लबमा अनुबन्ध भएपछि चेल्सीले साञ्चेजलाई २५ मिलियन पाउण्डमा भित्र्याउन सहमति गरेको हो ।

Results

२०८० माघ १८, बिहीबार
2 - 1
२०८० माघ १७, बुधबार
1 - 0
२०८० माघ १६, मंगलबार
1 - 0
२०८० माघ १५, सोमबार
1 - 1
२०८० माघ १४, आइतबार
0 - 3
२०८० माघ १३, शनिबार
0 - 2
२०८० माघ १२, शुक्रबार
2 - 0
२०८० माघ ११, बिहीबार
0 - 1
२०८० माघ १०, बुधबार
0 - 1
२०८० माघ ९, मंगलबार
1 - 2
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?