+
+

एएफसी कपका लागि मछिन्द्र र पारो तयार

अनलाइनखबर अनलाइनखबर
२०८० साउन २२ गते १४:०५

२२ साउन, काठमाडौं । एएफसी कपको प्रारम्भिक चरणमा नेपालको मछिन्द्र फुटबल क्लबले भुटानको पारो एफसीसँग खेल्दै छ ।

मंगलबार बेलुकी त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुने खेलका लागि दुवै टिमले आफूहरु तयार रहेको बताएका छन् ।

सोमबार भएको प्रिम्याच कन्फेरेन्समा दुवै टोलीका कप्तान र प्रशिक्षकले खेलका लागि तयार भएको बताए ।

मछिन्द्रका प्रशिक्षक किशोर केसीले सबै प्रशिक्षण सकेर खेलका लागि तयार रहेको बताएका छन् ।

खेलका लागि राम्रो स्ट्राइकर चाहिने भएकाले ७ जना खेलाडी थप गरिएको जानकारी दिँदै उनले उनीहरुलाई आवश्यकता अनुसारको पोजिसनमा खेलाउने बताए  ।

लिग च्याम्पियन चर्च ब्वाइजका आशिष चौधरी र एरिक विष्टसहित संकटाका आयुष घलान, थ्री स्टार क्लबका लकेन लिम्बु, एपीएफका सनिष श्रेष्ठ तथा एफसी खुमलटारका रेजिन सुब्बा, रोहित सुब्बार विदेशी खेलाडी मेसुके ओलोमोउलाई मछिन्द्रले यही खेलका लागि आबद्ध गरेको छ ।

मछिन्द्रका कप्तान विशाल श्रेष्ठले  पनि आफूहरु कमजोर रहेको पोजिसनमा नयाँ खेलाडी अनुबन्ध गरेकाले टिम राम्रो बनेको बताए ।

शहीद स्मारक ए डिभिजन लिगको उपविजेता बने पनि मछिन्द्रले भाग्यमानी बन्दै एएफसी कप खेल्ने अवसर पाएको हो । च्याम्पियन चर्च ब्वाइजसँग एएफसी क्लब लाइसेन्स नहुँदा मछिन्द्रले लगातार दोस्रो पटक एएफसी कपमा नेपालको प्रतिनिधित्व गर्न लागेछ ।

पारो भुटानको लिगमा टप भएर आएको टिम हो ।  पारोले विदेशी खेलाडीबाट अपेक्षा धेरै गरेको भन्दै केसीले उनीहरुलाई रोक्नु पर्ने बताए ।

पारो एफसीका प्रशिक्षक पुष्पलाल शर्माले भुटानमा लिग भइरहेकाले आफूहरुको तयारी राम्रो भएको र खेलाडी फर्ममा रहेको बताए ।

राष्ट्रिय खेलाडीसमेत समावेश रहेको मछिन्द्रलाई आफूहरुले कमजोर नआँकेको बताए । दशरथ रंगशालामा आफूले भूटानी समर्थकको अपेक्षा गरेको उनले बताए ।

मछिन्द्र र पारोबीचको खेलको विजेताले दोस्रो चरणमा भारतको इन्डियन सुपर लिग खेल्ने मोहन बगानसँग १६ अगष्टमा खेल्नेछ ।

१६ अगष्टको खेल जित्ने टिमले प्लेअफमा स्थान बनाउनेछ । यो खेलको विजेताले बंगलादेशको ढाका अबहानी र माल्दिभ्सको क्लब इगल्सबीचको विजेतासँग अगष्ट २२ मा प्लेअफ खेल्ने छ । र त्यसको विजेता साउथ जोनबाट एएफसी कपको समूह चरणमा प्रवेश गर्नेछ ।

पारोका कप्तान किनले वाङचुकले मछिन्द्रको खेल जितेमा अगाडिको बारेमा सोच्ने बताए ।

मछिन्द्रले गत वर्ष पनि प्रारम्भिक चरण खेलेको थियो । तर श्रीलंकन क्लब ब्लु स्टारसँग घरेलु मैदानमै पराजित भएपछि यात्रा अघि बढ्न सकेन । यस पटक भने मछिन्द्रले त्यसबाट पाठ सिक्दै अगाडि बढ्ने लक्ष्य राखेको बताएको छ।

Results

२०८० माघ १८, बिहीबार
2 - 1
२०८० माघ १७, बुधबार
1 - 0
२०८० माघ १६, मंगलबार
1 - 0
२०८० माघ १५, सोमबार
1 - 1
२०८० माघ १४, आइतबार
0 - 3
२०८० माघ १३, शनिबार
0 - 2
२०८० माघ १२, शुक्रबार
2 - 0
२०८० माघ ११, बिहीबार
0 - 1
२०८० माघ १०, बुधबार
0 - 1
२०८० माघ ९, मंगलबार
1 - 2
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?