
२३ साउन, काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले विचार माथि देश मान्ने पार्टी कांग्रेस नभएको बताएका छन् ।
२९ औं विश्व आदिवासी दिवसको अवसरमा काठमाडौंमा बोल्ने क्रममा महामन्त्री थापाले भने, ‘सिद्धान्त र विचारभन्दा माथि देश भन्नेवाला पार्टी हार्मी होइनौं । कांग्रेस पार्टीे विचारले डोर्याउँछ । विचारमा प्रष्ट भयौं भने कार्यक्रममा प्रष्ट हुन्छौं ।’
बोल्न मन लागेको कुरा बोल्न पाउने, लेख्न मन लागेको कुरा लेख्न पाउनुको साथै नागरिकले मातृ भाषाको पनि अधिकार प्रयोग गर्न पाउनुपर्ने उनले बताए ।
जनजाति आदिवासीले संविधानमा लेखिएको व्यवस्था अनुसारको अधिकार प्रयोग गर्न पाउँदा देशभक्ति थप बढ्ने उनी बताउँछन् । ‘नेपाली कांग्रेस प्रत्येक नेपाली देशभक्त भएको देख्न चाहन्छ । देशभक्तको पहिलो शर्त संविधानले दिएको अधिकार प्रयोग गर्न पाउनु हो,’ थापाले भने ।
वर्तमान संविधान सम्पूर्ण रुपमा प्रर्याप्त नरहेकाले यसैबाट सुधार खोज्दै जानुपर्ने थापाको तर्क छ । संविधान बनाउँदै गर्दा छुट्न नहुने कतिपय विषय ओझेलमा परेको थापाले बताए ।
मातृ भाषा विषय अध्ययन गराउने अधिकार स्थानीय तहलाई भएकाले कांग्रेसका जनप्रतिनिधिले काम गर्नुपर्ने बताए । केन्द्रदेखि स्थानीय तहसम्म कांग्रेस सरकारमा रहेकाले बनाउनुपर्ने कानुनलाई तत्परता आफैं लिनुपर्ने उनले बताए ।
प्रतिक्रिया 4