+
+

अमिताभ र शाहरुखपछि अब रणवीर सिंह बन्दैछन् नयाँ ‘डन’

अनलाइनखबर अनलाइनखबर
२०८० साउन २४ गते ११:४७

काठमाडौं । बलिउड फिल्म ‘डन’को दर्शकमाझ बेग्दै छाप छ । यो फिल्म शृंखलामा हिरो होइन, एन्टी हिरो मुख्य शीर्ष भूमिका हुन्छन् र यसलाई दर्शकले निकै रुचाएका छन् ।

सन् १९७८ मा अमिताभ बच्चनले डनको शीर्ष भूमिका निभाएका थिए । त्यसमा उनको भूमिकालाई दर्शकले निकै रुचाए । निर्देशक फरहान अख्तरले सन् २००६ र २०११ मा शाहरुख खान स्टारर ‘डन’का दुई शृंखला रिलिज गरे । यी दुवै फिल्मले बक्स अफिसमा उत्कृष्ट कमाइ गरे ।

भारतीय सञ्चारमाध्यमका अनुसार अब नयाँ खबर आएको छ, ‘डन ३’ मा डन बन्दैछन् रणवीर सिंह । सुपरिहट फ्रेन्चाइजीको नयाँ शृंखलामा नयाँ पुस्ताका लोकप्रिय अभिनेता रहने भन्दै रणवीर सिंह फिल्ममा फाइनल भएको लेखक, निर्माता तथा निर्देशक फरहान अख्तरले यसको पुष्टि गरेका छन् ।

सामाजिक सञ्जालमार्फत फरहानले डनको नयाँ युगको इशारा गर्दै एक नोट लेखेका छन् । जसमा उल्लेख छ, ‘हरेक दशक फेभरेट फ्रेन्चाइजीको रिफाइन्ड भर्सनका साथ एक्सन र रोमान्सको नयाँ छलाङ देख्न पाइराखिएको छ । यो करिब राष्ट्रिय चिन्ताकै विषय हो कि अब अगाडि कसले सम्हाल्नेछ ? अहिलेलाई यति भन्न सकिन्छ कि डनको भूमिका सधैं आफ्नो पुस्ताको सबैभन्दा सक्षम र बहुमुखी प्रतिभाका धनी अभिनेताले निभाइरहेका छन् ।’

फरहानले सामाजिक सञ्जालमार्फत ‘डन ३’ को फस्टलुकसमेत सार्वजनिक गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?