+
+

१० भदौदेखि हकप्रद जारी गर्दै मल्टीपर्पस फाइनान्स

अनलाइनखबर अनलाइनखबर
२०८० साउन २५ गते १४:२३

२५ साउन, काठमाडौं । मल्टीपर्पस फाइनान्स लिमिटेडले १० भदौ देखि हकप्रद सेयर निष्कासन गर्ने भएको छ । फाइनान्सले हाल कायम चुक्ता पूँजीको ३५ प्रतिशत हकप्रद सेयर निष्कासन गर्न स्वीकृति पाएको थियो ।

कम्पनीले १०० कित्ता बराबर ३५ कित्ता अर्थात १००ः३५ को अनुपातमा हकप्रद जारी गर्न लागेको हो । यस अनुसार हाल कायम १०० कित्ता सेयर हुेन सेयरधनीले ३५ कित्ता सेयरमा आवेदन दिन सक्नेछन् ।

फाइनान्सले हाल कायम चुक्ता पूँजी ४५ करोड २० लाख रुपैयाँको ३५ प्रतिशतले हुने १५ करोड ८२ लाख रुपैयाँ बराबरको १५ लाख ८२ हजार कित्ता हकप्रद सेयर निष्कासन गर्नेछ ।

हाल ४२ करोड २० लाख रुपैयाँ चुक्ता पूँजी रहेको फाइनान्सको हकप्रद निष्कासन तथा बाँडफाँट पश्चात ६१ करोड २ लाख रुपैयाँ पुग्नेछ ।

हकप्रद सेयर निष्कासनका लागि कम्पनीले १२ साउनमा बुक क्लोज गरेको थियो । ११ साउनसम्म कायम भएका सेयरधनीले हकप्रदमा आवेदन दिन पाउनेछन् । कम्पनीको हकप्रदमा ३१ भदौसम्म आवेदन दिने सकिने आह्वानपत्रमा उल्लेख छ ।

फइनान्सले हकप्रद निष्कासनका लागि गराएको रेटिङमा इन्फोमेरिक्स क्रेडिट रेटिङ नेपालले ‘आईआरएन सिङ्‍गल बी इस्यूअर रेटिङ’ प्रदान गरेको छ । यसले समयमा वित्तीय दायित्व बहन गर्ने क्षमतामा उच्च जोखिम रहेको संकेत गर्दछ ।

हकप्रद निष्कासनका लागि फाइनान्सले धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धकमा मुक्तिनाथ क्यापिटल लिमिटेड नियुक्त गरेको छ ।

लगानीकर्ताले मुक्तिनाथ क्यापिटल, मल्टीपर्पस फाइनान्स र मुक्तिनाथ विकास बैंकका तोकिएका शाखा कार्यालयहरुबाट आवेदन दिन सक्नेछन् ।

यस्तै नेपाल धितोपत्र बोर्डबाट अनुमतिप्राप्त आस्वा सदस्य बैंक तथा वित्तीय संस्थाहरु र सीडीएस एण्ड क्लियरिङको ‘मेरो सेयर’ अनलाइन प्रयोग गरी आवेदन दिन सकिनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?