
२६ साउन, काठमाडौं । अन्तःशुल्क स्टिकरको सुरक्षाका लागि अब पारदर्शी प्लास्टिकको खोल प्रयोग गर्नुपर्ने भएको छ । यो नियम १ असोजदेखि कार्यान्वयनमा आउने आन्तरिक राजस्व विभागले जनाएको छ ।
अन्तःशुल्क नियमावली २०५९ मा भएको २४ औं संशोधनले यस्तो व्यवस्था गरेको भन्दै विभागले सूचित गरेको छ । नयाँ नियम अनुसार १ असोजदेखि पैठारी गर्ने इजाजतपत्रवालाले समेत पैठारी गरेको मदिरा (बियर, वाइन र साइडरबाहेक)को बोतलमा अन्तःशुल्क टिकटको सुरक्षाका लागि पारदर्शी प्लास्टिकको खोल प्रयोग गर्नुपर्ने व्यवस्था गरेको हो ।
१ असोज २०८० देखि यो नियम उल्लंघन भएमा कानुन अनुसार कारवाही हुने समेत विभागको चेतावनी छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4