+
+

एभरेष्ट बैंकले फोनपेसँगको सहकार्यमा सुरु गर्‍यो ‘फोनट्याग’ अफलाइन डिजिटल पेमेन्ट सेवा

अनलाइनखबर अनलाइनखबर
२०८० साउन २८ गते २०:०३

काठमाडौं । एभरेष्ट बैंकले पञ्जाब नेशनल बैंक भारतसँगको संयुक्त साझेदारमा भुक्तानी सञ्चालक फोनपेसँग सहकार्य गरी अफलाइन डिजिटल पेमेन्ट ‘फोन ट्याग’ सञ्चालनमा ल्याएको छ । बैंकले नेपालमा पहिलो पटक अफलाइन डिजिटल पेमेन्ट सुरु गरेको हो । फोन ट्याग एक अफलाइन भुक्तानी समाधान भएको बैंकले जनाएको छ । जसले इन्टरनेट जडान नभएको क्षेत्रमा वा मोबाइल डेटा प्रयोग गर्न अनिच्छुक ग्राहकहरूलाई मोबाइल बैंकिङ एपबाट ‘एनएफसी ट्याग’ वा ‘सीपी क्यूआर कोड’ प्रस्तुत गरेर भुक्तानीहरू गर्न सक्षम बनाउने बैंकले जनाएको छ ।

अफलाइन कारोबारको सीमा प्रतिकारोबार ५ हजार रुपैयाँसम्म रहेको बैंकले जनाएको छ । उक्त सेवा एभरेष्ट बैंकका सबै ग्राहकहरूले आफ्नो मोबाइल बैंकिङ एप मार्फत प्रयोग गर्न सक्छन् ।

हाल, यो सेवा एनएफसी सक्षम एन्ड्रोइड स्मार्ट फोनहरूमा उपलब्ध रहेको बैंकले जनाएको छ । एनएफसी नभएका मोबाइल फोनमा ग्राहकहरुले ‘सीपीक्युआर’ कोड ग्राहकले प्रस्तुत गर्ने ‘क्यूआर कोड’ प्रयोग गर्न सक्छन् । एभरेष्ट बैंक, अफलाइन मोडमा डिजिटल भुक्तानी समाधान सुरु गर्ने पहिलो बैंक रहेको दाबी गरेको छ । उक्त सेवाले कमजोर नेटवर्क जडान भएका स–साना शहर र ग्रामीण क्षेत्रहरूमा डिजिटल भुक्तानीलाई बढावा दिन सक्ने बैंकले जनाएको छ । यस सेवाले विभिन्न शहरी केन्द्रहरूमा, ठूला सार्वजनिक कार्यक्रमहरू, मेलाहरू र प्रदर्शनीहरूमा डेटा प्रयोग गर्न अनिच्छुक ग्राहकहरूलाई पनि भुक्तानी गर्न मद्धत गर्ने बैंकले जनाएको छ ।

‘यस सेवा मार्फत एभरेष्ट बैंकले ग्राहकको सुविधामा नयाँ गतिशीलता थपेको छ । डिजिटल भुक्तानीको प्रमुख समस्यालाई सम्बोधन गर्न अति आवश्यक ग्राहक केन्द्रित दृष्टिकोण अपनाएको छ,’ बैंकको उपमहाप्रबन्धक आशुतोष शर्मा भने, ‘हाम्रो बैंकिङ प्रणालीमा ‘फोन ट्याग’ को एकीकरणले हाम्रा ग्राहकहरूलाई सुरक्षित र सुविधाजनक डिजिटल भुक्तानी को अनुभव अंगाल्न ‘फोन पे’ का प्रमुख कार्यकारी अधिकृत दिवस सापकोटाले अफलाइन डिजिटल पेमेन्ट फोनट्याग सुचारु गर्न पाउनु फोनपेका लागि खुसीको कुरा भएको बताए ।

फोनट्यागको सुरुवातसँंगै ग्राहकहरूले अब विभिन्न मर्चेन्ट आउटलेटहरूमा फोनट्यागद्वारा भुक्तानी गर्दा २० प्रतिशसम्म क्यास ब्याक र ५०० सम्म पाउन सक्नेछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?