+
+

विकी र मानुषीको ‘द ग्रेट इण्डियन फ्यामिली’ सेप्टेम्बर २२ मा रिलिज हुने

अनलाइनखबर अनलाइनखबर
२०८० साउन ३० गते १२:०३

काठमाडौं । विकी कौशल र मानुषी छिल्लरको शीर्ष भूमिका रहेको फिल्म ‘द ग्रेट इण्डियन फ्यामिली’ आगामी २२ सेप्टेम्बर अर्थात् असोज ५ मा रिलिज हुने भएको छ । निर्माता कम्पनी यशराज फिल्म्सले विजयकृष्ण आचार्य निर्देशित यो फ्यामिली ड्रामाको रिलिज मितिबारे जानकारी दिएको हो ।

विकी कौशलको पछिल्लो फिल्म ‘जरा हट्के’ बक्स अफिसमा सफल भएको थियो । यो फिल्म पनि एक फ्यामिली ड्रामा नै थियो । विकीले फिल्म रिलिज मिति घोषणासँगै दर्शकलाई आफ्नो एक आदर्श परिवारको झलकसमेत सेयर गरेका छन् ।

विकी आफ्नो स्वभाविक अभिनय कौशलका कारण दर्शकमाझ प्रिय छन् । उनका उरी, मसान, राजी, सञ्जू, सरदार उधम, मनमर्जियाँ, जरा हट्के जस्ता फिल्मलाई दर्शकले रुचाएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?