+
+

यी हुन् काठमाडौंका चर्चित आठ गिफ्ट सप

सुमित्रा लुईटेल सुमित्रा लुईटेल
२०८० साउन ३२ गते १५:१३

काठमाडौं । जन्मदिन होस् वा वैवाहिक वर्षगाँठ खुसीको क्षण खुसी मिसाउनका लागि उपहार त चाहियो । आफन्त, इष्टमित्र, छिमेकी वा आफ्नै परिवारमा पनि उपहार आदन प्रदान गर्नुप¥यो । किनभने यसले आपसमा थप हार्दिक सम्बन्ध स्थापित गर्न मद्दत मिल्छ ।
खुसी साट्नकै लागि उपहार दिने उपक्रम सदियौंदेखि जारी छ । तर, कस्तो उपहार ? यसमा एउटा मात्र जवाफ छैन । सन्दर्भ र अवसर हेरेर सोही अनुरुपको उपहार छनौट गर्न सकिन्छ । उमेर, रुचीले पनि यसलाई फरक पार्ने भयो । त्यसैले त उपहारको बजार अपार छ । यद्यपि उपहार खरिद गर्नका लागि छिटो, छरितो र सजिलो ठाउँ कहाँ होला ?

नौलो कोसेली

साथीको आफन्तको बर्थडे, विवाह आदिमा के उपहार दिने भन्ने तनावमा हुनुहुन्छ भने नौलो कोसेलीबाट विभिन्न उपहार किनेर दिन सकिन्छ । जावलाखेलमा रहेको नौलो कोसेलीमा पाइने प्राय: सामान मेड इन नेपाल हो ।

यहाँ ह्यान्डमेड ‘इम्ब्रोडरी’ कडाइ, फ्रेम, मग, बुके, कस्टुमाइज चकलेट, क्यानभास, ब्याग लगायतका उपहार सामग्री पाइन्छ । नौलो कोसेलीमा ७५० देखी दुई हजार ५०० रुपैयाँसम्मको क्यान्भास, बुकेको ८०० रुपैयाँ, चकलेटको ३७५ रुपैयाँ मूल्यमा पाइन्छ । नौलो कोसेलीमा ३३५ देखि आठ हजारसम्मको उपहार सामग्री  पाउन सकिन्छ ।

प्रिज्मा अनलाइन सपिङ

कुनै पनि विशेष अवसरका लागि उपहार खरिद गर्न अर्को राम्रो विकल्प हो, प्रिज्मा अनलाइन सपिङ । कालीमाटीमा रहेको स्टोरबाट र अनलाइनमार्फत पनि प्रिज्माबाट उपहार खरिद गर्न सकिन्छ ।

तपाईंको रुचिअनुसार उपहार कस्टुमाइज पनि गर्न सकिन्छ । प्रिज्मामा कस्टुमाइज कुसन, टिसर्ट, कप, घडी, बोतल, फ्रेम, पर्स, बुके, स्टायाचु र किरिङ लगायत उपहार सामग्री पाइन्छ । २५० रुपैयाँदेखि १५ हजारसम्मको सामग्री यहाँ पाइन्छ । प्रिज्मामा कम्बो गिफ्ट पनि अर्डर गर्न सकिन्छ । कम्बोमा केक, चकलेट, फुल कस्टुमाइज उपहार आदि समावेश हुन्छ ।

पिन्चेज आर्ट कोर प्रालि

नयाँ बानेश्वर थापागाउँमा रहेको पिन्चेज आर्टकोरमा उपहारका लागि थुप्रै विकल्प छन् । पिन्चेजमा जन्मदिन, एनिभर्सरी, नयाँ वर्ष लगायतका विशेष अवसरको लागि उपहारहरू पाइन्छ ।

विशेषगरी युवाहरूको रोजाइमा पर्ने गरेको पिन्चेजमा डायरी, मग, कुसन, किरिङ, क्यान्डल पट, औंठी बक्स, मेकअप पाउच, स्याम्पियन ग्लास ज्वलेरी बक्स, ब्याच, प्रिन्टेड बोतल, कप र टिसर्ट लगायत सामान उपहार दिनका खरिद गर्न सकिन्छ । पिन्चेजमा ७५ रुपैयाँको ब्याचदेखि २५ सय रुपैयाँसम्मको उपहार सामग्री पाइन्छ ।

मुन क्राफ्ट एण्ड गिफ्ट

उपहार त किन्नु छ तर मसँग भएको पैसाले कस्तो उपहार आउँछ भन्ने तनावमा हुनुहुन्छ भने मुन क्राफ्ट नेपाललाई सम्पर्क गर्नुहोस् । मुन क्राफ्ट एण्ड गिफ्टले तपाईंको बजेटअनुसारको गिफ्ट तयार पारेर दिनेछ ।

रक्षा बन्धन, नयाँ वर्ष, आमाको मुख हेर्ने दिन होस् वा कसैको जन्मदिन तपाईंलाई कस्तो उपहार चाहियो र कति मूल्य बराबरको चाहियो त्यहीअनुसार मुनले तपाईंको लागि उपहार बक्स तयार पारिदिन्छ । गिफ्ट बक्समा परफ्युम, एयररिङ, पर्स, मेकअपको सामान, पर्स, टिसर्ट, चकलेट, मग लगायतको सामान किन्न सकिन्छ ।

मुनमा १५ देखि २५ हजार रुपैयाँसम्मको उपहार पाउन सकिन्छ । पाटनमा रहेको मुनबाट गिफ्ट अनलाइन अर्डर गर्न सकिन्छ ।

लभ ल्यान्ड गिफ्ट नेपाल

विशेष अवसरमा दिइने उपहार पनि अलि विशेष होस् भन्ने चाहना छ भने लभ ल्यान्ड गिफ्ट नेपालबाट उपहार खरिद गर्न सकिन्छ । लभ ल्यान्डमा कस्टुमाइज फोटो फ्रेम, घडी, किरिङ, पर्स आदि पाइन्छ ।

कोटेश्वर नरेफाँटमा रहेको लभ ल्यान्ड गिफ्ट नेपालबाट ६२० देखि तीन हजारसम्मको उपहार पाइन्छ । लभ ल्याण्डबाट उपहार अनलाइन अर्डर पनि गर्न सकिन्छ । साथै यहाँ स्पेसल गिफ्ट बक्स पनि पाइन्छ । गिफ्ट बक्समा आफ्नो इच्छाअनुसारका सामानहरु राख्न सकिन्छ । गिफ्ट बक्समा पर्स, फोटो फ्रेम, किरिङ, चकलेट फूललगायतका सामान राख्न सकिन्छ ।

बाइ मी अ गिफ्ट    

पेप्सीकोलामा रहेको बाइ मी अ गिफ्टबाट पनि छानीछानी उपहार किन्न सकिन्छ । यहाँ विशेषगरी कस्टुमाइज उपहारहरू पाइन्छ । कस्टुमाइज वालेट, मग, बोतल, फ्रेम, कुसन, फ्रेम, ‘इम्ब्रोइडी’ कडाइ आदि पाइन्छ ।

साथीको आफन्तको फोटो नाम राखेर उपहार बनाउन मिल्ने बाइ मी अ गिफ्टमा २५० देखि तीन हजार २०० रुपैयाँसम्मको उपहार पाइन्छ । यहाँ पनि स्पेसल गिफ्ट बक्स किन्न सकिन्छ, जसको दुई हजार रुपैयाँ हाराहारीमा तयार हुन्छ ।

जी क्रियसन

विवाह एनिभर्सरीको लागि विशेष उपहार के दिने भन्ने दुविधामा रहनेका लागि पीजी क्रियसन उपयुक्त विकल्प हुन सक्छ । यहाँ रेजिनको फ्रेममा वा किरिङ विशेष यादहरू बोकेको सामानलाई कैद गरिन्छ । रेजिनको फ्रेम हेर्दा सिसा जस्तो देखिन्छ तर फुट्दैन । विवाहको माला, फोटोलाई रेजिनको फ्रेममा कैद गर्न सकिन्छ ।

ताहचलमा रहेको पीजी क्रियसनमा जोडीहरूको लागि मात्र होइन, आफ्नो साथी, अभिभावकका लागि पनि रेजिन फ्रेम उपहार दिन सकिन्छ । आफ्नो बजेट र रुचिअनुसारको उपहार पीजी क्रियसनमा पाउन सकिन्छ ।

कुनै विशेष अवसरको लागि गिफ्ट बक्स पनि पीजीमा अर्डर गर्न सकिन्छ । पीजीमा २५० देखि रेजिनको किरिङ  र ९५० देखि माथिमा रेजिनको फ्रेम पाउन सकिन्छ । साथै पीजीमा कुनै विशेष अवसरको गुलाफ वा अन्य फूललाई  राखेर रेजिनको लकेट र औंठी पनि बनाउन सकिन्छ ।

द उपहार

कस्टुमाइज उपहारको लागि द उपहार पनि राम्रो विकल्प हो । यहाँ कस्टुमाइज पर्स, बोतल, फ्रेम, किरिङ, ब्याग पासपोर्ट कभर, कप आदि पाइन्छ । साथै रेजिनको फ्रेम, किरिङ पनि पाइन्छ । उपहारले नेपालभरि होम डेलिभरीको व्यवस्था पनि गरेको छ ।

द उपहारमा ५०० देखि आठ हजार रुपैयाँसम्मको कस्टुमाइज उपहार किन्न सकिन्छ । द उपहारबाट आफ्नो रुचिअनुसार कस्टुमाइज उपहार बक्स पनि अर्डर गर्न सकिन्छ ।

लेखकको बारेमा
सुमित्रा लुईटेल

अनलाइनखबरकी संवाददाता लुईटेल स्वास्थ्य र जीवनशैली विषयमा लेख्छिन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?