+
+

नेपाल बंगलादेश विद्युत् व्यापार छिट्टै सुरू हुन्छ : प्रधानमन्त्री

अनलाइनखबर अनलाइनखबर
२०८० भदौ १ गते १२:४५

१ भदौं, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले नेपाल र बंगलादेशबीचको विद्युत् व्यापार छिट्टै सुरु हुने दाबी गरेका छन् ।

शुक्रबार नेपाल विद्युत् प्राधिकरणको ३८ औं वार्षिकोत्सव कार्याक्रमलाई सम्बोधन गर्दै दाहालले यस्तो दाबी गरेका हुन् । यसै वर्षायाम भित्र नेपाल–बंगलादेश विद्युत व्यापार सुरू हुने गरी नेपाल, भारत र बंगलादेशका सम्बन्धित निकायहरूबीच सम्झौता हस्ताक्षरको अन्तिम तयारी भइरहेको प्रधानमन्त्री दाहालले बताए ।

‘नेपाल, भारत र बंगलादेशका सम्बन्धित निकायहरूबीच सम्झौता हस्ताक्षरको अन्तिम तयारी भइरहेको छ,’ प्रधानमन्त्री दाहालले भने ।

अन्तरदेशीय प्रसारण संरचनाको निर्माणमा त्रिपक्षीय समझदारी जुटाइ उल्लेख्य परिमाणमा नेपाल–बंगलादेश विद्युत व्यापारलाई भविष्यमा क्रमशः बढावा दिँदै लैजाने परिस्थिति बनेको पनि उनको भनाइ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?