+
+

क्यानको जिल्लास्तरीय चुनाव सकियो, कुन जिल्लामा को भए अध्यक्ष ?

अनलाइनखबर अनलाइनखबर
२०८० भदौ १ गते २०:०७

१ भदौ, काठमाडौं । नेपाल क्रिकेट संघ क्यानको मातहतमा रहेका ४५ जिल्लामा निर्वाचन सकिएको छ ।

जिल्लाको चुनाव सकिएसँगै अब प्रदेश र केन्द्रको चुनावी माहोल तातेको छ ।

बिहीबार वर्तमान अध्यक्ष चतुरबहादुर चन्दले आफू पुनः अध्यक्षभमा उठ्ने घोषणा गरिसकेका छन् ।

अर्को प्यानलबाट वर्तमान कोषाध्यक्ष रोशनकुमार सिंह उठ्ने तयारीमा छन् ।

क्यानको केन्द्रीय चुनावका लागि ४५ जिल्लाबाट ४५ भोट, प्रदेश स्तरबाट २४ भोट, केन्द्रिय कार्यसमितीबाट १७ भोट (२ पद रिक्त), निर्णायकबाट १ भोट र प्रशिक्षकबाट १ भोट गरी जम्मा ८६ मतभार हुनेछ ।

कोशी प्रदेश : ५ जिल्ला र अध्यक्ष

१. मोरङ – मोहम्मद बाबु साद
२.सुनसरी – चेतनाथ पौडेल
३. इलाम – अर्जुन पौडेल
४. झापा – प्रबिन थापा
५. उदयपुर – अल्विन बस्नेत

मधेश प्रदेश : ८ जिल्ला र अध्यक्ष

१. सप्तरी – आयुष श्रेष्ठ
२. सिराहा – सुनिल महासेठ
३. धनुषा – शोभाकान्त पाण्डे
४. महोत्तरी – रोशन कुमार सिंह
५. सर्लाही – माधव कर्माचार्य
६. रौतहट – पवनकुमार गुप्ता
७. पर्सा – मनिश सिंह
८. बारा – प्रभात चौरसिया

बागमती प्रदेश : ६ जिल्ला र अध्यक्ष

१. मकवानपुर– करण महत्रा क्षेत्री
२. चितवन – सुदीप पिया
३. ललितपुर – शेखर श्रेष्ठ
४. भक्तपुर – मनिषराज पाण्डे
५. काठमाडौं – दिवाकर घले
६. नुवाकोट– दुर्गाराज पाठक

गण्डकी प्रदेश : ६ जिल्ला र अध्यक्ष

१. कास्की – सञ्जय सिंग्देल
२. तनहुँ – मदन तिमल्सिना
३. स्याङ्जा – दीवाकर थापा
४. नवलपुर – धामनाथ सापकोटा
५. बाग्लुङ – विष्णुप्रसाद आचार्य
६. पर्वत – रमेश केसी

लुम्बिनी प्रदेश : ७ जिल्ला र अध्यक्ष

१. रुपन्देही – हरि थापा
२. कपिलवस्तु – प्रकाश गैरे
३. नवलपरासी पश्चिम – कृष्ण श्रेष्ठ
४. पाल्पा– राजेश श्रेष्ठ
५. दाङ– प्रदीप मजगैयाँ
६. बाँके– सरोबार प्रसाईं
७. बर्दिया– विनय राजभण्डरी

कर्णाली प्रदेश : ५ जिल्ला र अध्यक्ष

१. सुर्खेत– श्रीधर केसी
२. कालिकोट– खड्गजंग शाही
३. सल्यान – सबिन हमाल
४. दैलेख– सन्जिब बिसी
५. रुकुम पश्चिम– दीपक बाठा मगर

सुदूरपश्चिम प्रदेश : ८ जिल्ला र अध्यक्ष

१.बैतडी– बिनोद बहादुर चन्द
२.कैलाली– विक्रम विष्ट
३.कञ्चनपुर– विरेन्द्र विष्ट
४.डोटी– दीनेश सिंह
५.डडेलधुरा – हरी उप्रेती
६.दार्चुला– देवेन्द्र भट्ट
७. अछाम– अनिल कुँवर
८. बझाङ– प्रबिन धामी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?