+
+

नाटक ‘ट्रान्जिट’ थप दुई दिन मञ्चन हुने

अनलाइनखबर अनलाइनखबर
२०८० भदौ ३ गते १२:००

काठमाडौं । बत्तीसपुतलीस्थित शिल्पी थिएटरमा मञ्चन भइरहेको लेखक कुमार नगरकोटीको नाटक ‘ट्रान्जिट’को समय दुई दिन थप गरिएको छ । एक महिना चलेको नाटक ट्रान्जिट आइतबार र सोमबार थप दुई दिन मञ्चन हुने भएको हो ।

निर्देशक घिमिरे युवराजले दर्शकको चापलाई ख्याल गर्दै दुई दिन समय थपिएको जानकारी दिए । शक्तिशाली संवाद, हास्यचेतना अनि काल–पर्यटनको त्रिवेणी बनेको नाटक ट्रान्जिट आइतबार र सोमबार साँझ साढे ५ बजे शिल्पीमा मञ्चन हुने उनले बताए ।

नाटकमा दिव्यदेव, शिल्पा मास्के, आकांक्षा कार्की, बास्ना तिमल्सिना लगायतले अभिनय गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?