
३ भदौ, काठमाडौं । नेपाल विद्युत प्राधिकरणको ग्राहक संख्या ५१ लाख नाघेको छ । प्राधिकरणका अनुसार आर्थिक वर्ष (आव) २०७९/८० मा ग्राहक संख्या ५१ लाख ३० हजार पुगेको छ । यो अघिल्लो आर्थिक वर्ष २०७८/७९ को तुलनामा ७.७६ प्रतिशत धेरै हो । यस आवमा ग्राहक संख्या ४७ लाख ७० हजार रहेको थियो । प्राधिकरणका अनुसार सामुदायिक ग्रामिण विद्युतीकरणबाट ५ लाख १० हजार ग्राहकले विद्युत उपयोग गरिरहेका छन् ।
यससहित राष्ट्रिय ग्रीडबाट विद्युत सेवा उपयोग गर्ने ग्राहक संख्या ५६ लाख ४० हजार पुगेका छन् । राष्ट्रिय ग्रीडबाट विद्युत पहुँच पुगेको यो संख्या ९५ प्रतिशत र साना तथा लघु जलविद्युत आयोजना र सौर्य ऊर्जाबाट विद्युत सेवा पुगेका ग्राहकको कुल संख्या ९८ प्रतिशत पुगेको प्राधिकरणको तथ्यांकमा उल्लेख छ । अहिले देशभर विद्युत खपत वार्षिक ९ अर्ब ३५ करोड युनिट पुगेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4